विचार

शक्तिशाली साम्राज्यहरूको चिहान

अफगानिस्तानको अहिलेको अवस्था धेरै वर्षअघिदेखि क्रमश: ‘विकसित भएको हालतको निचोड’ हो । सन् २००१ मा ओसामा बिन लादेनको अल–कायदाले अमेरिकाको न्युयोर्कस्थित ट्वीन टावरमा आक्रमण गरेपछि सुरु भएको आतंकवादविरुद्धको विश्वव्यापी युद्धको पटाक्षेप यसरी होला भनी कसैले आकलनसम्म गरेका थिएनन् ।

भाद्र ४, २०७८

राज्यसंरक्षित विभेद

देशका संघीय मन्त्री राष्ट्रिय झन्डा हल्लाउँदै प्रहरी परिसरमा पुग्छन् र जातीय विभेदको आरोपमा हिरासतमा रहेकी महिलालाई सरकारी गाडीमा आफूसँगै राखेर घरसम्म पुर्‍याइदिन्छन् ।

पुत्रमोहको पुस्तान्तरण

महिलाले पुरुषलाई परम पूज्यको दर्जा दिने उहिलेको चलन आधुनिक युगमा पनि हटेको छैन । नेपाली समाजको हरेक वर्ग र समुदायमा सुन्दा सामान्य लाग्ने तर विकराल बन्दै गएको समस्या हो— परिवारमा छोरोको अनिवार्यता ।

शासन कौशल र विज्ञता

राजनीतिशास्त्र र अर्थशास्त्रबीच जति बलियो सम्बन्ध छ, यस्तो सायदै अन्य विधाबीच छ । राजनीति, अर्थशास्त्र, कूटनीति र समाजशास्त्रको अनुपमेय ज्ञान राख्ने विष्णुगुप्त चाणक्यको निम्न सुभाष्य कालातीत छ र विश्वइतिहासले यस्ता संयोजकहरूको महत्त्वको पाठ हामीलाई पढाई नै रहेको छ—

दल विभाजनको विडम्बना

नेकपा एमालेका वरिष्ठ नेता रहेका माधवकुमार नेपाल र उनी पक्षधर समूहले बुधबार निर्वाचन आयोगमा नयाँ दल ‘नेकपा (एमाले–समाजवादी)’ दर्ता गर्ने जानकारी गराएको घटनासँगै कैयौं विचारणीय प्रश्न उब्जिएका छन् । बुधबार नै जसपाबाट पनि महन्थ ठाकुर पक्षले पनि ‘जसपा लोकतान्त्रिक’ बनाउने जानकारी आयोगलाई दिएको छ ।

भाद्र ३, २०७८

अफगान सैन्य परिस्थितिको पाठ

तालिवानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएसँगै सबैतिर स्तब्धता, सन्त्रास र अब के हुन्छ भन्ने प्रश्न एकसाथ उब्जिएका छन् । राष्ट्रपति असरफघानीको पलायनपश्चात् काबुलबाट हवाई तथा सडक माध्यम हुँदै बाहिरिन तँछाडमछाड गर्नेहरूको जुन दृश्य देखियो त्यो हृदयविदारक त थियो नै, त्यसले अफगानिस्तानको सुरक्षा संयन्त्र कति कमजोर रहेछ भन्ने पनि छर्लंग पार्‍यो । साम्राज्यवादीहरूको चिहान मानिएको अफगानिस्तानमा अहिले देखिएको राजनीतिक, सामाजिक, आर्थिक र धार्मिक अन्योलबीच ७५ हजार हाराहारीमा रहेका तालिवानी लडाकुसमक्ष ३ लाखभन्दा बढी संख्यामा रहेको भनिएको अफगान सेनाको निरीहता सबैभन्दा ताज्जुब र चर्चाको विषय भएको छ ।

टीकापुर हुँदै लोकतन्त्रको बाटो

भारतीय कवि सर्वेश्वरदयाल सक्सेनाको एउटा प्रसिद्ध कविता छ— देश कागजमा कोरिएको नक्सा होइन । त्यसमा कविले भनेका छन्, ‘यदि तुम्हारे घर के/एक कमरे में आग लगी हो/तो क्या तुम/दूसरे कमरे में सो सकते हो ?/यदि तुम्हारे घर के एक कमरे में/लाशें सड रहीं हों/तो क्या तुम/दूसरे कमरे में प्रार्थना कर सकते हो ?/यदि हाँ/तो मुझे तुम से/कुछ नहीं कहना है ।’

निरन्तर नागरिक आन्दोलन

विगतमा राजा ज्ञानेन्द्रले संसद् विघटन गरेपछि नागरिक आन्दोलन सडकमा आएको थियो । त्यो आन्दोलनको महत्त्व दोस्रो जनआन्दोलनका लागि जमिन तयार गर्न अनि सात दल र माओवादीलाई एक ठाउँमा ल्याउन रह्यो ।

आरक्षणमा नियन्त्रण

२०७७ पुस १ गते सर्वोच्च अदालतले फैसला गरेको विनयकुमार पञ्जियारविरुद्ध नेपाल सरकार, चिकित्सा शिक्षा आयोगसमेत भएको उत्प्रेषण मुद्दाको पूर्ण पाठ तयार भएसँगै राजनीतिक तथा शैक्षिक क्षेत्र तरंगित भएको छ ।

शासकहरूलाई जनताको श्वेतपत्र

चीन र भारतको आर्थिक विकास द्रुत गतिमा भइरहेको छ । भारतको आर्थिक विकासबारे एक पटक कुरा गर्दा मेरा पुराना मित्र डा. विजय केलकरले भनेका थिए, ‘प्रकाश, अब भारतमा विकासको फर्मुला बोतलमा थुनिएको छैन । यो बाहिर निस्किसक्यो । अब कसैले रोक्न सक्तैन ।’

तालिवान पुनरागमनपछिका प्रश्न

सन् २००१ मा अलकायदाले अमेरिकाको न्युयोर्कस्थित ‘ट्विन टावर’ आक्रमण गरेपछि प्रतिहिंसाको राजनीति गर्न अफगानी भूमिमा परेड खेल्न आइपुगेको अमेरिका अन्ततः अफगानिस्तानलाई फेरि अर्को अनिश्चयको भुमरीमा छाडेर त्यहाँबाट बाहिरिएको छ ।