संसद्मा भर्चुअल बैठकको अपरिहार्यता

आधुनिक प्रविधियुक्त साशकीय प्रणालीको विकास हुादै गएको विश्व परिवेशमा नेपालमा समेत विद्युतीय शासनमा जोड दिादै आएकाले संसद्मा भर्चुअल बैठक बस्ने अभ्यास विकास गर्न कोरोना महामारीले अवसर ल्याएको छ ।
भर्चुअल बैठक तत्काल हुन सके संसद् र संसदीय समितिहरूमा जनसरोकारका विषयहरू छलफल हुने र सरकारलाई मार्गदर्शन, निर्देशन हुनेसाथै सरकार जनताप्रति जवाफदेही हुने प्रमुख माध्यम संसद् सधैं क्रियाशील रहने हुन्छ ।
सुरेन्द्र अर्याल

काठमाडौँ — आधुनिक लोकतान्त्रिक राज्य प्रणालीमा नागरिकले हरेक सरोकारका विषयहरू प्रत्यक्ष रूपमा शासन प्रणालीमा सहभागी नभई आफ्ना प्रतिनिधिमार्फत सम्बोधन गर्ने गर्छन् ।

संसद्मा भर्चुअल बैठकको अपरिहार्यता

यसलाई प्रतिनिधिमूलक लोकतन्त्र भन्ने गरिन्छ । प्रतिनिधिमूलक लोकतन्त्रमा जनप्रतिनिधिहरूले आफ्ना मतदाताहरूका सरोकारका विषयहरू वा राष्ट्रिय समस्या समाधान गर्न एकै ठाउा बसी छलफल, बहस, निर्णय गर्ने र समस्या समाधान गर्ने थलो संसद् हो । राज्यको साशकीय प्रणालीअनुरूप यस्ता थलोहरूलाई विभिन्न नामले सम्बोधन गर्ने गरिन्छ । संसदीय साशन प्रणाली अवलम्बन गरेका मुलुकहरूमा संसद् भनिएजस्तै अन्य कतिपय मुलुकमा कंग्रेस वा अन्य नामले छन् । मुलुकभित्र पनि यस्ता जनप्रतिनिधिमूलक संस्थाहरूलाई विभिन्न नामले सम्बोधन गरेको पाइन्छ ।

नेपालको संविधानले तीन तहको शासकीय प्रणाली अवलम्बन गरेको सन्दर्भमा जनप्रतिनिधिमूलक संस्थाहरू पनि मूलतः तीन तहमै छन् । संघको प्रतिनिधिमूलक संस्थालाई संसद्, प्रदेशको प्रदेशसभा र स्थानीय तहको स्थानीय सभा अर्थात् गाउासभा, नगरसभा, जिल्ला समन्वय समिति गरी नामकरण गरिएको छ । यी संस्थाहरूले मूलतः नीति र विधि बनाउने, सरकार गठन गर्ने, बजेट पारित गर्ने र सरकारका काम कारबाहीहरूको निगरानी गरी नागरिकप्रति जवाफदेही बनाउनुका साथै राष्ट्रिय, प्रादेशिक वा स्थानीय स्तरका जनसरोकारका विषयहरूमा छलफल गरी समस्या समाधान गर्ने गर्छन् ।

हालसम्मको अभ्यासमा संसद् वा सम्बन्धित सभा भन्नाले सामान्यतया छलफल गर्ने स्थान वा थलोलाई बुझ्ने गरिन्छ, जहाा जनप्रतिनिधिहरू एकै ठाउा भेला भई छलफल गर्ने गर्छन् । नेपालमा मात्र नभई विश्वव्यापी रूपमा सबैजसो लोकतान्त्रिक मुलुकहरूमा यही अभ्यास पाइन्छ ।

हाल विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको कारणले मानब सभ्यतामाथि नै चुनौती दिइरहेको छ । यसको नियन्त्रणको उत्तम उपाय मानवमानवबीचको भौतिक दूरी कायम राख्नु वा एकआपसमा भेटघाट सम्पर्क नगर्नु रहेकोमा विश्व जगत् सहमत छ । यस्तो अवस्थामा परम्परागत ढंगले एकै ठाउा भेला भई संसद् बैठक बस्न नसक्ने अवस्था सिर्जना भएको छ । यसै कारणले संघीय संसद्को पााचौं अधिवेशनका पछिल्ला बैठकहरू बस्न नसकी स्थगित हाुदै अधिवेशन अन्त्य नै हुन पुग्यो । सदनको अधिवेशन स्थगित भए पनि मिनी संसद्का रूपमा रहने संसदीय समितिहरू स्थायी रूपमा क्रियाशील रहन्छन् । हाल प्रतिनिधिसभामा दस, राष्ट्रिय सभामा चार र संयुक्त दुई गरी जम्मा सोह्र समितिहरू क्रियाशील रहेका छन् । संविधान र संघीय संसद्का नियमावलीहरूमा ती समितिहरूका कार्य क्षेत्र स्पष्ट तोकिएको छ । सदनका बैठकहरू नबसेको बेलामा ती समितिहरूमा दफावार छलफलका लागि प्राप्त विधेयकहरूमा छलफल गर्ने, सरकारका कामकारबाहीहरूको सूक्ष्म निगरानी गरी सरकारलाई आवश्यक निर्देशन दिने, सरकारलाई समितिमार्फत सदनप्रति जवाफदेही तुल्याउने, बजेट विनियोजन निर्माण र कार्यान्वयनमा आवश्यक छलफल गरी मार्गदर्शन गर्ने गरिन्छ । यसका अलावा प्राकृतिक विपद् र महामारीको समयमा राहत, उद्धार र जनहितका लागि आवश्यक निर्णय गरी सरकारलाई सहयोग गर्नेलगायतका कामकारबाही नियमित रूपमा गर्न नियमित बैठक बस्नुपर्ने हुन्छ । नेपाललगायत विश्वव्यापी रूपमा संसदीय समितिहरूका कामकारबाही यस्तै प्रकृतिका रहेका हुन्छन् । सदनका बैठकहरूको सन्दर्भमा अधिवेशन सुरु र अन्त्य हुने भएजस्तो समितिका बैठकहरूमा हुादैन । त्यसैले समितिहरूलाई सदनका स्थायी संयन्त्र मानिन्छ । तर अहिलेको विषम परिस्थितिमा समितिका बैठकहरूसमेत सदस्यहरू एकै ठाउा भेला भई बस्न सक्ने अवस्था देखिादैन । यसरी सदन र समितिका बैठकहरू विश्वव्यापी रूपमा प्रभावित भैरहेका छन् । यस्तो अवस्थामा संसद् र संसदीय समितिका बैठकहरू सञ्चालन गर्ने वैकल्पिक ढााचाको खोजी हुन थालेको छ । यी ढााचामध्ये भर्चुअल बैठक उपयुक्त विधि हुन सक्छ । तर भर्चुअल बैठक सञ्चालन गर्न विश्वका सबैजसो मुलुकमा यसको कानुनी आधार र यसले गरेका निर्णयहरूको वैधानिकता बाधकजस्तो देखिएको छ ।

संसदीय व्यवस्थाको जननी मानिने बेलायतमा समेत यस्तो प्रकारको बैठक गर्ने बलियो कानुनी आधार पाइादैन । हाल त्यहाा सदन चलेको अवस्था छैन । त्यहााका संसद्का विपक्षी दल र सत्तारूढ दलका समेत सांसदहरूले भर्चुअल बैठकका लागि माग गरेको र यही अप्रिल २१ तारेखका दिन भर्चुअल बैठक गर्ने योजना सार्वजनिक भएको छ । त्यस्तै संसदीय समितिहरूले समेत कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेका काम कारबाही सम्बन्धमा सम्बन्धित जिम्मेवार पक्षसाग जानकारी लिने बुझिएको छ । त्यहााको सरकारले गरेको भर्चुअल मिटिङमा प्रयोग गरिएको सफ्टवेयरको सूचना सुरक्षा सम्बन्धमा समेत प्रश्न उठेको थियो ।

अमेरिका, भारतलगायतका मुलुकमा पनि संसद्मा यस्तो प्रकारले बैठक भएको पाइादैन । भारतमा मन्त्रिपरिषद् बैठकसम्म भर्चुअल भएको छ । नेपालमा मन्त्रिपरिषद् बैठक भर्चुअल हुन नसके पनि प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्रीहरू र अन्य सरोकारवाला पक्षसाग भिडिओमार्फत बैठक गरेको अवस्था छ । नेपाल सरकारले अन्य मुलुकका सरकारी समकक्षी र अन्य सरोकारवाला पक्षसाग यही विधिमार्फत संवाद गरेको अवस्था छ । संसद्मा औपचारिक रूपमा यो ढााचामा बैठक नबसे पनि प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षहरूले अनौपचारिक रूपमा संघीय संसद्का सदस्य र प्रदेशसभाका पदाधिकारीहरूसाग संवाद गरेको अवस्था छ । यी पृष्ठभूमिमा वर्तमान समयमा संसद्मा भर्चुअल बैठक सञ्चालनको अपरिहार्यता देहाएको कारणले देखिन्छ :–

  • कोरोना महामारीको वर्तमान त्रासदीको अवस्थामा यसको नियन्त्रणको प्रमुख उपाय मानव मानवबीचको भौतिक दूरी कायम राख्नुभएकाले
  • महामारी नियन्त्रण हुने अवधि अनिश्चित भएकाले लामो अवधि संसद् र समितिहरूलाई निष्क्रिय राख्न उचित नहुने हुनाले ।
  • संकटको वर्तमान समयमा यससाग सम्बन्धित यावत् विषयमा गहन छलफल गरी सरकारलाई आवश्यक मार्गदर्शन र सहयोग गर्नुपर्ने भएकाले ।
  • सरकारी कामकारबाहीको नियमित निगरानी र छानबिन गरी अनियमितता हुन नदिन ।
  • स्थायी सदनको रूपमा रहने संसदीय समितिहरूलाई नियमित रूपमा क्रियाशील तुल्याई आफ्ना गतिविधि सञ्चालन गर्न ।
  • नागरिक सरोकारका विषयहरूमा नियमित रूपमा बहस गरी आवश्यक निर्णय गर्न ।
  • विभिन्न कारणले समितिमा भौतिक उपस्थिति जनाउन नसक्ने सदस्यहरू बैठकमा उपस्थित हुन सक्ने हुादा कोरम नपुग्ने समस्याबाट मुक्त हुन ।
  • संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिमूलक संस्थाहरूबीच एकआपसमा निरन्तर संवाद गरी आवश्यक समन्वय गर्न ।

यी विविध कारणले वर्तमान समयमा जनप्रतिनिधिमूलक संस्थाहरूले भर्चुअल बैठक गर्नुपर्ने आवश्यकता र बाध्यता देखिएको छ । हरेक समस्या समाधानको अवसरसहित सिर्जना भएको हुन्छ । आधुनिक प्रविधियुक्त शासकीय प्रणालीको विकास हुादै गएको विश्व परिवेशमा नेपालमा समेत विद्युतीय शासनमा जोड दिादै आएको सन्दर्भमा संसद्मा भर्चुअल बैठक बस्ने अभ्यासको विकास गर्न कोरोना महामारीले अवसरको ल्याएको छ । विश्व परिवेशमा संसद्मा भर्चुअल बैठक बस्ने अभ्यासको विकास भई नसकेको अवस्थामा कोरोना महामारीले यो विकल्पको प्रयोगमा सबै मुलुकको ध्यान जानेछ । नेपालको सन्दर्भमा हाल संसद्को अधिवेशन नभएको अवस्थामा पूर्ण सदनमा यसको प्रयोग तत्काल गर्नु नपरे पनि समितिहरूमा यसको प्रयोग अपरिहार्य भएको छ । समितिहरूमा समेत सबै समितिको कार्यक्षेत्र एकै नभएकाले वर्तमान परिस्थितिसाग प्रत्यक्ष जोडिने समितिमा आवश्यकताअनुरूप भर्चुअल बैठक गर्नुपर्छ । जस्तो स्वास्थ्य सेवासाग सम्बन्धित यावत् विषयको छलफल शिक्षा तथा स्वास्थ्य समितिमा, राहत, आर्थिक प्याकेज, खर्च व्यवस्थापन, बजेटलगायतका विषयमा अर्थ समितिमा र अन्य आ–आफ्नो कार्यक्षेत्रसाग सम्बन्धित विषयमा सबै समितिमा यो विधिबाट बैठक सञ्चालन गर्न सकिन्छ ।

संसद्मा भर्चुअल बैठक प्रारम्भ गर्नका लागि देहायका विषयहरू सम्बोधन गर्नुपर्ने देखिन्छ ।

  • संसद्का नियमावलीहरूमा भर्चुअल बैठक गर्न सक्ने व्यवस्था नभएकाले यस्ता बैठकहरूको कानुनी आधार कसरी तयार गर्ने ।
  • बैठकले गरेका निर्णय र दिएका निर्देशनहरू कार्यान्वयनको बाध्यकारी व्यवस्था कसरी गर्ने ।
  • बैठक सञ्चालन गर्न आवश्यक विश्वसनीय सफ्टवेयरलगायत अन्य पूर्वाधारको व्यवस्था कसरी गर्ने ।
  • बैठकमा माननीय सदस्यहरूको हाजिरी व्यवस्थापन, भएका छलफल, निर्णय र पत्राचारसाथै तिनीहरूको अभिलेख कसरी राख्ने ।
  • छलफलका लागि माग गरिएका विवरणहरूको वितरण कसरी गर्ने ।
  • बैठकमा गरिएका छलफल र सूचना चुवाहट नियन्त्रण कसरी गर्ने ।
  • बैठकमा सञ्चारजगत्को सहभागिता कसरी गर्ने ।
  • ठूलो संख्यामा सरोकारवाला पक्षलाई आमन्त्रण गरी गर्नुपर्ने छलफललाई कसरी व्यवस्थित गर्ने ।

यी सवालहरू उठ्न सक्ने भए तापनि धेरै जटिल र व्यवस्थित गर्नै नसकिने सवाल भने पक्कै होइनन् । कानुन बनाउने थलो संसद् भएकाले आवश्यक कानुनसमेत बनाई व्यवस्थित गर्न सकिन्छ । त्यसैगरी सचिवालयमा विश्वसनीय पूर्वाधार तयार गरी भर्चुअल बैठकका लागि तयारी अवस्थामा रहनुपर्छ । भर्चुअल बैठक तत्काल हुन सके संसद् र संसदीय समितिहरूमा जनसरोकारका विषयहरू घनीभूत छलफल हुने र सरकारलाई आवश्यक मार्गदर्शन, निर्देशन हुनेसाथै सरकार जनताप्रति जवाफदेही हुने प्रमुख माध्यम संसद् सधैं क्रियाशील रहने हुन्छ । यो विधि प्रदेशसभा र स्थानीय तहका सभाहरूमा समेत लागू गर्न सकिन्छ ।

अर्याल संसद्को अर्थ समितिका सचिव हुन्

प्रकाशित : वैशाख ८, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?