कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

बथान–उन्मुक्तिको प्रतीक्षा

राजनीतिकर्मीहरूका लागि कारागारको वास विश्वविद्यालयको छात्रावासजस्तै हुन्छ । झन्डै चौध वर्षको जेल जीवनले त्यस अर्थमा ओलीलाई व्यावहारिक राजनीतिमा महाविद्यावारिधिको उपाधिले सुसज्जित हुनुपर्ने पात्र बनाएको छ ।
सीके लाल

काठमाडौँ — विगत केही दिनदेखि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली असामान्य रूपले चुप थिए । यी पंक्ति लेखिरहँदा मंगलबारका दिन उनले देशवासीका नाममा सम्बोधन गरे । यतिबिघ्न लामो निःशब्दता उनको चारित्रिक विशेषता होइन । उनी बोल्न रुचाउँछन् । उखानटुक्का सुनाउन खप्पिस छन् । बोली बिक्ने ठाउँमा पनि छन् । समसामयिक राजनीतिका सबभन्दा सफल पात्र भएकाले उनको भूमिका बहुआयामिक छ ।

बथान–उन्मुक्तिको प्रतीक्षा

अर्धसंसदीय संविधानअनुसार उनी कार्यपालिकाका प्रमुख हुनुका साथै संसद्का नेता छन् । त्यस्तो गहन जिम्मेवारीमा सी चिनफिङ विचारधाराप्रति समर्पित सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षको प्राधिकारसमेत थपिएपछि त्यो पद स्वतःसर्वाधिकारसम्पन्न सर्वोच्च राज्य सञ्चालकमा रूपान्तरित हुन्छ । त्यति मात्र कहाँ हो , उनी कम्तीमा पनिसन् २०१५ देखि नेपालको विवादित संविधानले बाहुन, क्षत्री एवंदशनामी (बाक्षेद) समुदायलाई जनाउन विशेष तवरले सृजना गरिएको समूहका नृजातीयमुख्तियार पनि रहँदै आएका छन् । आफ्नो मुख्तियारलाई बौद्धिक जमातले समेत उच्च आसनमा विराजमान गराउने नै भयो । उनी पहिलोपटक प्रधानमन्त्री पदमा आसीन रहँदा ‘डोली मिडिया’ भन्न मिल्ने सञ्चारकर्मीहरूले उनको पाल्की बोकेर सवारी चलाउने गर्थे । झाडु लिएर नृजातीय अगुवाहरूबाटो सफा गर्दै हिँड्थे । स्वजातीय बुद्धिजीवीहरू पछुवा बनेर पछिपछि ‘पोछा’ लगाउँदै फोहर पुछ्ने गर्थे । उनी भने कहिले ‘आँप झरेको’ कहिले ‘माकाफुईं’ जस्ता पदावली प्रयोग गरेर अधीनस्थ सामान्यजनलाई हाकाहाकी होच्याउँथे । उनका प्रशंसकहरू भने दलीय नुशासनको परिधिबाहिर गएर समेत परर्रताली बजाउँथे । अहिले उनको चट्टानी मौनता पक्कै पनि परिस्थितिजन्य बाध्यताको उपज हुनुपर्छ ।

सर्वेसर्वा शर्मा ओली आफ्नो बहुआयामिक भूमिकालाई सुहाउने बहुमुखीप्रतिभाले पनि सम्पन्न छन् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको बयालीसौं प्राज्ञ सभालाई सम्बोधन गर्दा उनले आनुवंशिक स्मृति (जेनेटिकमेमोरी) अवधारणाको उपयोगितालाई उजागर गरेका थिए । बाहुन कुलमा जन्मिएकाले वेद–पुराणमा पोख्त हुनु उनको आनुवंशिक स्मृतिकै कमाल हो । पुर्खाहरू गोर्खाली साम्राज्यसँग जोडिएकाले उनी कुमाउँदेखि लिम्बुवान र मधेस हुँदै नेवा–ताम्सालिङप्रदेशको रैथाने कहलिन पाएका हुन् । गोर्खालीहरूको शासकीय गुणदोष उनमा प्राकृतिक रूपमा आउने नै भयो । झापा अभियानताका सीमापारिबाट आयातित नक्सलपन्थकोदीक्षाले गर्दा नैतिक मूल्य एवं मान्यतानिरपेक्ष निनैतिक दाउपेच (एमोरल पालटिकिङ)उनलाई असहज लाग्ने कुरा भएन । आपराधिक प्रवृत्तिका व्यक्ति एवं राजनीतिकर्मीहरूका लागि कारागारको बास विश्वविद्यालयको छात्रावासजस्तै हुन्छ । झन्डै चौध वर्षको जेल जीवनले त्यस अर्थमा सर्वेसर्वा शर्मा ओलीलाईव्यावहारिक राजनीतिमा महाविद्यावारिधिको उपाधिले सुसज्जित हुनुपर्ने पात्र बनाएकोछ । उनी प्राणीविज्ञानका जानकार हुन्, त्यसैले एकसिंगेगैंडा नेपालबाहिर कतै पाइँदैन भनी ठोकुवा गर्न सक्छन् । भाषाविज्ञानमा पनि दखल राख्ने भएकाले गैंडालाई अंग्रेजीमा ‘राइनो’ भन्न नमिल्ने उर्दीजारी गर्न सक्छन् । तत्क्षण कविता कोर्न सक्नेआशुकवि हुन्, अनि त सात मिनेटभित्र ‘मरे पनि केही छैन, त्यसपछि पनिसपना देख्न पाऊँजस्तो गूढ अर्थ बोकेको सरल पंक्ति सृजना गर्न सक्छन् । आफैंले ‘मुटु नभएका’ संज्ञाले सिँगारेका सम्पादकहरूलाई रिझाउन बालुवाटारमा सारंगी रेट्न सक्छन्, बाँसुरीबजाउन सक्छन् । कीर्तिनिधि विष्ट, मरीचमानसिंह श्रेष्ठ एवं मोदनाथ प्रश्रितजस्ता दिग्गज राष्ट्रवादीहरूबाट उत्प्रेरणा पाएकासर्वेसर्वा शर्मा ओलीको अन्तर्निहित क्षमतामा कसैले शंका गर्न सक्दैन ।

विरोधाभासपूर्ण विगत

सर्वेसर्वा शर्मा ओली अहिले स्वास्थ्यवर्द्धक आराममा छन् । चिकित्साशास्त्रका ज्ञाताहरूअनुसार मृगौला प्रत्यारोपणपछिको तीनमहिने अवधि अत्यन्त महत्त्वपूर्ण हुन्छ । शरीरको स्वाभाविक प्रतिरोधक क्षमता रोक्ने

ओखतीले गर्दा स्वास्थ्यलाभ गरिरहेका व्यक्ति संक्रमणको अत्यधिकजोखिममा रहन्छन् । त्यस्तो व्यक्तिले सकभर भेटघाट घटाउनुपर्छ रमानसिक तनावबाट जोगिनुपर्छ । झन् अहिले कोरोना विषाणुको सन्त्रास फैलिएको बेला दोस्रोपटक मृगौला फेरिएको व्यक्तिले महाव्याधिनियन्त्रणको कमान सम्हाल्ने प्रश्नै उठ्दैन आफूसँग सवाल गर्नेलाई भने सर्वेसर्वा शर्मा ओली मुखभरिको जवाफ फर्काउन सक्छन् । उनी चुप किन छन् भने, उनलाई प्रश्नगर्नेहरूको हैसियत राम्रोसँग थाहा छ । एकपटक तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहलेसंसद्मा उभिएर उर्दू शायर अयाज झांसवीको एक पंक्तिलाई केही संशोधन गरेर पढ्दैप्रतिपक्षका राजनीतिकर्मीहरूलाई विस्मित तुल्याएका थिए— ‘हजारों जवाबों से बेहतरहै मेरी खामोशी, न जाने कितने सवालों की आबरू रख ली ।’ सर्वेसर्वा शर्मा ओली पनि आफूसँग प्रश्न गर्नेलाईखुमार बाराबंकवीको शेर सुनाएर चुप लगाउन सक्छन्— ‘दूसरों पर अगर तब्सिरा (समीक्षा)कीजिए, सामने आइना रख लिया कीजिए।’ सर्वेसर्वा शर्मा ओली को हुन् र के हुन् भन्ने कुरा थाहानपाएर उनलाई नेपालको सर्वोच्च राष्ट्रिय नेता बनाइएको होइन । उनी जे हुन् जे गर्नेछन् भन्ने कुरा साबित गरेरै नेतृत्व ग्रहण गरेको हुँदा सर्वेसर्वा शर्मा ओलीले कसैलाई सफाइ दिइराख्नुपर्दैन ।


सार्वजनिक दाबी जेजस्तो भए पनि कुनै पनि प्रतिबद्ध कम्युनिस्टराजनीतिकर्मीले लोकतन्त्रका लागि संघर्ष गरेको हुँदैन । सर्वहाराको अधिनायकवादआकाशको फलजस्तो हुन गएपछि मात्र आँखा तरी मर्नुको साटो सलल बगिरहेको लोकतान्त्रिक चेतनाप्रवाहमा गंगास्नान गर्छन् । अंग्रेजीमा परस्पर विरोधी शब्दको असंगत संयोजनलाई आक्सिमोरन’भन्ने गरिन्छ । प्रजातान्त्रिक साम्यवादी त्यस्तै किसिमको ‘गूढमूढ’ शब्द हो । सर्वेसर्वा शर्मा ओलीले पनि प्रजातन्त्र स्वीकार गरेका थिए, गणतन्त्र अंगीकार गर्न बाध्य भएका छन्,संघीयतालाईआत्मसात् गर्न सकेका छैनन् एवं समानुपातिक समावेशितालाई निस्तेज तुल्याउन कटिबद्धछन् । उनका लागि लोकतन्त्रको एक मात्र अर्थ जसरी भए पनि निर्वाचनद्वारा बहुमत जुटाएर बहुसंख्यकवादीवर्चस्वलाई निरन्तरता दिनु हो । दोस्रो संविधानसभाको निर्वाचन परिणामपछि जनादेश एवं मतादेश समानार्थी शब्द हुन् भन्ने मान्यता कन्दनी कसेर साबित गर्न लागिपरेका यथास्थितिका क्षमायाचक बुद्धिजीवीहरूसँग अत्यधिक बहुमतले निर्वाचित सर्वेसर्वासँग प्रश्न गर्ने नैतिकअधिकार छैन ।


सर्वेसर्वा शर्मा ओलीको राजनीतिक कार्य सम्पादन वा शासकीय उपलब्धिकोअभिलेख (ट्र्याक रेकर्ड) समेत खासै उत्साहवद्र्धक रहेको देखिँदैन । कारागारमुक्त भएपछि तत्कालीन मालेलेसायद उनलाई लुम्बिनी क्षेत्र हेर्न खटाएको थियो । सन् १९९० को आन्दोलनताका लुम्बिनीतिरका माले कार्यकर्ताहरू पञ्चायत व्यवस्थाकोसाटो नेपाली कांग्रेसको विरोध गर्नमा आफ्नो सम्पूर्ण ऊर्जा खर्च गर्ने गर्थे । सन् १९९४–९५ तिर मनमोहन अधिकारीको नौमहिने अल्पमत सरकारको मुख्य मतादेश मदन भण्डारी एवं जीवराज आश्रित मृत्यु प्रकरणको पर्दाफास गर्नुथियो । गृहमन्त्रीका रूपमा काम गर्ने अवसर पाएका भए पनि शर्मा ओलीले त्यस प्रकरणकोछेउटुप्पो पहिल्याउन सकेनन् । सन् २००६ को ‘गुराँस क्रान्ति’ ताका उनी बार्दलीमा उभिएर आन्दोलनकारीहरूकोखिसी गर्ने गर्थे— बयलगाडा चढेर अमेरिका पुगिन्छ ?’सम्झौताकोराजनीतिक बाध्यताले गर्दा उनी गिरिजाप्रसाद कोइराला मन्त्रिमण्डलमाउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्न सफल भए । त्यस्तो अहं पदमा रहेर सम्झनयोग्य कुनैकाम गरेको जानकारी सार्वजनिक वृत्तमा उपलब्ध छैन । स्वाभाविक हो, गणतन्त्रको हुरीले उनीजस्ता कतिपययथास्थितिवादी राजनीतिकर्मीलाई पहिलो संविधानसभाको निर्वाचनमार्फत इतिहासकोकुडादानी (डस्टबिन) तिर हुत्त्याइसकेको थियो । सेतो कमिजवालाहरूको प्रायोजितआन्दोलन (एस्ट्रोटर्फ मुभमेन्ट) एवं अदालतको आदेशद्वारा उत्प्रेरित सत्तापलटलेगर्दा स्थायी सत्ताको प्रमुखता पुनःस्थापित भयो एवं सुशील कोइराला तथा कृष्णसिटौलाजस्ता राजनीतिकर्मीहरूसँगै एमालेका उदीयमान व्यक्तित्व शर्मा ओलीका पनि दिनफिरे ।

भण्डारी एवं आश्रित मृत्यु प्रकरणताका तत्कालीन एमालेले अभ्यास गरेको‘संकटको समयलाई अवसरमा बदल्ने’ कौशललाई गोरखा भुइँचालोको परकम्पका बीच सबभन्दाराम्रोसँग सर्वेसर्वा शर्मा ओलीले प्रयोग गरेका हुन् । अमेरिकी पिसकोरका स्वयंसेवकसँग सिकेको अंग्रेजी एवं गिरिजाप्रसाद कोइरालामार्फत स्थापितअन्तर्राष्ट्रिय सम्पर्कले उनलाई आफ्नो महत्त्वाकांक्षाका लागि वैदेशिक सहयोग जुटाउनमद्दत गर्यो । क्षमताभन्दा धेरै बढी महत्त्वाकांक्षा भएका तत्कालीन प्रधानमन्त्रीसुशील कोइराला एवं आत्मसमर्पण गरेर भए पनि राजनीतिक अस्तित्व जोगाउन आतुर पुष्पकमलदाहाललाई झुक्याउन स्थार्यी सत्ताको प्रियपात्रलाई गाह्रो हुने कुरा भएन । प्रधानमन्त्री बन्ने चाहना पूरा गर्न राष्ट्रिय संकटको घडीमातीव्रपथद्वारा प्रतिद्वन्द्वी दलको अध्यक्षमार्फत विवादित संविधान जारी गराउनसक्नु सर्वेसर्वा शर्मा ओलीको राजनीतिक जीवनको सबभन्दा ठूलो सफलता थियो । त्यस पराक्रमका तुलनामा कहिल्यै नभएको हुन नसक्ने ठानिएको स्टालिनवादी एवं माओवादीहरूकोसंयुक्त मोर्चाका रूपमा नेपाल कम्युनिस्ट पार्टीको गठन पनि गौण लाग्न सक्छ । सन् २०१५ मा प्रधानमन्त्री भएपछि उनको दृढताको खुबै प्रशंसा भएको थियो । तर, उनले हाँकेकोभन्ठानिएको गाडीको नियन्त्रण छद्म बुद्धिजीवीहरूले सृजना गरेको ‘क्लाउडइन्टेलिजेन्स’ द्वारा पृष्ठपोषित स्थायी सत्ताको स्वचालित ‘अटोपाइलट’ संयन्त्रकोहातमा थियो । सर्वेसर्वाशर्मा ओलीको मूल जिम्मेवारी दक्षिणबाट उत्तर फर्काउने भूराजनीतिक पथान्तरबाट ध्यानमोड्न राजनीतिक कौतुक सृजना गर्नु थियो त्यो काम उनले खोक्रो राष्ट्रवादको हल्ला मचाएर मज्जाले गरे । अहिले उनले हासिल गरेको मुकाम त्यही भूमिका सम्पादनको पारितोषिक हो । त्यसर्थ उनले यती होस् वा ओम्नी, आफ्नो सरकारको कुनै पनि ‘ओलिगार्की’ सञ्चालकहरूसँगको संलग्नताबारेकसैलाई स्पष्टीकरण दिइराख्नुपर्दैन ।

जनरञ्जक वर्तमान

भनिन्छ, जनोत्तेजक प्रियतावादीहरू (डेमगाजिक पाप्युलिस्ट्स) वक्तृत्वकलामानिपुण हुन्छन् । स्वपरिभाषित‘आफ्ना’ एवं बहिष्कृत ‘अरू’ बीच ध्रुवीकरण गर्न सिद्धहस्त हुन्छन् । सामान्यजनलाई इतिहास, परम्परा एवं राष्ट्रिय गौरवको दुहाईदिएर सजिलै फुक्र्याउन सक्छन् । प्रतिद्न्द्वीलाई होच्याउन कुनै कसर बाँकीराख्दैनन् । गम्भीर मुद्दाहरूबारे ढुलमुले अस्पष्ट हुनु तिनको चारित्रिक विशेषता हुन्छ । आश्वासन बाँड्न तम्तयार रहन्छन् तर वचनका कच्चा हुन्छन् । सामान्यजनलाई सम्झाउनुको साटो उत्तेजित तुल्याउने प्रवृत्तिले गर्दा जनरञ्जक राजनीतिकर्मीहरू नश्लीय, नृजातीय,धार्मिक,जातीयवा वर्गीय पूर्वाग्रह भड्काउन पछि पर्दैनन् सत्ताका लागि सिद्धान्त परित्याग गर्न ती कति पनि धक मान्दैनन् । स्थायित्व, निश्चितता एवं समृद्धिको शब्दाडम्बरपस्किएर आफ्नो नेतृत्वको औचित्य साबित गर्न खप्पिस हुन्छन् । तिनमा आत्ममुग्धताको हदसम्म आत्मश्लाघा हुन्छ । ती सामान्यजनलाई सतर्क गर्नुको साटो चिन्तित तुल्याउन मन पराउँछन् । सर्वेसर्वा शर्मा ओलीमा त्यस्ता सबै गुण विद्यमान छन् । त्यसैले नेपालीकाङ्ग्रेसका शेरबहादुर देउवाको राष्ट्रिय सहमति, रामचन्द्रपौडेलको सहमति सरकार वा प्रकाशशरण महतको मध्यावधि निर्वाचनजस्ता सबै सल्लाहहरूवाहरूको हंसगीत (स्वान सङ) जस्तो सुनिन्छ । सर्वेसर्वा शर्मा ओली नेतृत्वको विकल्प तत्कालका लागि उनी स्वयं हुन् भन्ने कुरा अरू के, उनको दलका पत्रपर्ण अध्यक्ष दाहाललाईसमेत राम्ररी थाहा छ ।

नेपालमा न्यायसंगत शासन व्यवस्थाको सम्भावना एवं कोभिड–१९सन्त्रासबाट मुक्तिको प्रक्रिया मिल्दोजुल्दो छ । महामारीविद्हरू (एपिडेमोलोजिस्ट्स) का अनुसार महाव्याधिलाई बढीमा अन्तर्विष्ट मात्र गर्न सकिन्छ, रोकिने भनेको व्यापक संक्रमणपछि स्वतःउत्पन्न हुने बथान–उन्मुक्ति (हर्ड इम्युनिटी) बाट मात्रै हो । वर्चस्वशाली समुदायमा अन्धराष्ट्रवाद, अन्यघृणा तथा देशाहंकार व्याप्तरहेसम्म जनरञ्जक राज्यव्यवस्थाबाट मुक्त हुन सकिँदैन । चाकर पुँजीवाद, मनपरीतन्त्र तथा स्वचालित शासनजनोत्तेजक नेतृत्वका उपोत्पादन (बाइप्रोडक्ट्स) हुन् । हाललाई प्रतिरोध स्थगनमा छ । संसार नै स्वैच्छिक तालाबन्दीमा रहेका बेला सबै थोक सहनुको विकल्प छैन । आफ्ना शुभेच्छुहरूलाई सुनाउन सर्वेसर्वा शर्मा ओलीसँग शायर अयाज झांसवीकै अर्को प्रसिद्ध पंक्ति हुन सक्छ— ‘दुआएँ दीजिए बीमार के तबस्सुम (मधुर मुस्कान) को, मिजाज पूछनेवालों की आबरू रख ली ।’

प्रकाशित : चैत्र २६, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?