नेपालमा कोरोनाको असर

लक्ष्मी लम्साल

जनवरी २९ मा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अढानोम घेब्रेयेससले चीनको भ्रमण सकेर फर्किने बेला कोरोना भाइरस नियन्त्रणमा चीनको इमानदार प्रयासको प्रशंसा गरे । तर, त्यसको भोलिपल्ट उनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरेसँगै कोरोनाको उद्गमस्थल वुहानबाट विभिन्न देशले आफ्ना नागरिक फिर्ता गरिरहेका छन् भने, कोरोना भाइरस चीनभरि र कतिपय देशमा प्रवेश गरिसकेको छ । यस भाइरसले सन् २००३ मा चीनमै फैलिएको सार्सको झल्को दिने गरी विश्वलाई नै स्तब्ध पारिरहेको छ ।


चिनियाँ वसन्त चाड अर्थात् नयाँ वर्षको बिदाको एक साता करिब ३ अर्ब चिनियाँले आवतजावत गर्छन् भन्ने तथ्यांक छ । यो ओहोरदोहर विश्व पर्यटनकै सबैभन्दा ठूलो आम्दानीको स्रोत हो । वसन्त चाडको बिदाका बेला कोरोना संक्रमण फैलेपछि र वुहानसहित विभिन्न सहर ‘लक डाउन’ गरिएपछि आम्दानीको स्रोत ठ्याप्पै भयो, जसको प्रत्यक्ष असर धेरै मुलुकमा परेको छ ।


गरिबीमाथि अन्तिम धक्का दिने यत्न गरिरहेका बेला कोरोना भाइरसको भयका कारण धेरथोर असर पर्ने देखिन्छ । यद्यपि चिनियाँ शक्तिलाई अहिल्यै कम आँक्नु अलिक हतारो हुनेछ । चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उपप्रमुख ल्यान वेइल्याङले फेब्रुअरी ३ मा बेइजिङमा भने, ‘हालसम्म कोरोनाका कारण चिनियाँ अर्थतन्त्रमा देखिने प्रभाव अस्थायी प्रकृतिको हो ।’


कोरोना भाइरसका कारण चीनमाथि विश्व–सहानुभूति त बढेको छ, तर हातेमालो गर्नेभन्दा धेरै देशले आफ्ना नागरिक फिर्ता लगेर ढुक्क हुने मनस्थिति पालेको देखिन्छ । त्यसमाथि सबैभन्दा छिटो आफ्ना नागरिक फिर्ता लैजाने र आफ्ना मुलुकमा चिनियाँप्रतिको रवैया प्रस्तुत गर्ने पश्चिमा मुलुकहरूले चीनको कठिन समयमा दोषारोपण गर्न थालिसकेका छन् । चीनले छात्रवृत्तिमा आएका विद्यार्थी वा चीनप्रति भरोसा गरेर भित्रिएका विदेशीको राम्रो हेरचाह गरिरहेको छ । बदनामीबाट जोगिन चीनले अलिकति शक्ति यतापट्टि पनि खर्च गर्नुपर्ने देखिन्छ ।


कोरोना भाइरसको बाछिटाबाट छिमेकी नेपाल प्रभावित नहुने कुरै भएन । भारतपछि सर्वाधिक चिनियाँहरूले नेपाल भ्रमण गर्छन् । २०१९ मा मात्रै झन्डै १ लाख ७० हजार चिनियाँले नेपाल भ्रमण गरेका थिए । कोरोनाका कारण केरुङमार्ग लगायत चीनसँगका स्थलमार्ग बन्द गरिएको छ भने, हवाई यातायात पातलिँंदै गएको छ । यसबाट नेपालमा चिनियाँ पर्यटक ओइरिने स्वर्ण अवधि गुज्रिएको छ ।


भ्रमण वर्षमा चीनबाट कम्तीमा ५ लाख पर्यटक नेपाल भित्रिने अपेक्षा छ । यस प्रयोजनका लागि नेपालले चिनियाँ अभिनेत्री स्वी छिङलाई सद्भावना दूत नियुक्त गरेर यथोचित प्रयास पनि गरिरहेको छ । जनवरी पहिलो साता बेइजिङस्थित नेपाली दूतावासले पनि स्वी छिङ लगायत नेपालबाट सगरमाथा आरोहण गर्ने पर्वतारोही, पर्यटन व्यवसायी लगायतको उपस्थितिमा चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा निम्तो दिएको थियो । नेपालस्थित चिनियाँ राजदूत होउ यानछीले समेत मोडलिङ लगायतका गतिविधि गरेर चिनियाँ नागरिकलाई नेपाल घुम्न प्रेरित गरिरहेकी थिइन् । तर कोरोनाको हल्ला चल्नेबित्तिकै चिनियाँहरूले नेपाल भ्रमणको टिकट रद्द गरेबाट पर्यटन क्षेत्र निराश हुन थालेको छ । नेपालबाट चीनको छोङछिङ, छाङ्शा लगायतका सहरमा प्रत्यक्ष उडान थालेको हिमालय एयरलाइन्सका तालिका नै तलमाथि भयो भने चिनियाँ हवाई कम्पनीहरूले नेपालतर्फको उडानमा कटौती गरे ।


विभिन्न देशले चीनबाट नागरिक फिर्ता लगेपछि अलग्गै निगरानी (आइसोलेसन) मा राख्ने व्यवस्था गरेर सतर्कता अपनाइरहेका बेला नेपालसँग न्यूनतम पूर्वाधार पनि नभएको र त्यसका लागि छिटोछरितो पहल नगरेको भन्दै नेपाल सरकार आलोचित भएको छ । चिनियाँ विमानबाट काठमाडौं उत्रिने नागरिकप्रति ध्यान दिनु नेपाल सरकारको कर्तव्य हुन्छ । विदेशी पर्यटकमाथि नजर राख्नमा पनि सरकारको केही शक्ति खपत हुने देखिन्छ ।


कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्थाप्रति ध्यान दिनु नेपाल सरकारको जिम्मेवारी हो । चीनमा रहेका विद्यार्थी वा अन्य कामका सिलसिलामा गएका नेपालीहरूलाई आइपर्‍यो भने स्वदेश फर्काउनु, प्रभावित भए/नभएको टुंगो नलागुन्जेल उनीहरूको उचित हेरचाहको वातावरण बनाउनेतर्फ सरकार चनाखो हुनुपर्छ ।


कोरोना भाइरसका कारण नेपाल र चीनबीचको व्यापारिक आयात–निर्यात वर्षको सुरुमै प्रभावित भएको छ । चीनको तिब्बतबाट नेपाल हुँदै दक्षिण एसियाको बजार शिथिल हुँदै गएको छ । नाकाहरू बन्द गरिएकाले छोटो समयमै पनि ठूलो घाटा लाग्ने देखिन्छ । तिब्बतले नेपालतर्फको व्यापारलाई उसको अन्तर्राष्ट्रिय कारोबारको सबैभन्दा ठूलो गन्तव्यका रूपमा लिँदै आएको छ । तिब्बततर्फ निर्यात हुन नपाउँदा नेपाली अर्थतन्त्रमा पनि नकारात्मक असर पर्नेछ । साथै नेपाली व्यापारीहरूले चीनका क्वाङ्चौ, यिवु लगायत सहरबाट नेपालतर्फ सरसामान पठाउने काम रोकिएको छ ।


नेपालको अर्थतन्त्र चीनभन्दा भारतमै बढी निर्भर छ । नेपाल पूर्वतयारीका हिसाबले कमजोर हुनु र भारतसँगको सीमा पनि खुल्ला हुनुले अझ धेरै चिन्ता थपेको छ । दक्षिण एसियामा पहिलो पटक नेपालमा कोरोनाको संक्रमण भेटिएको थियो भने, हाल भारतमा पनि भित्रिएको आशंका छ । खुल्ला सीमाका कारण सहजै कोरोना भाइरस आउन सक्छ । यसले यतापट्टिको व्यापार पनि कालान्तरमा प्रभावित नहोला भन्न सकिन्न । भारत मात्रै होइन, यसै वर्षदेखि चीनसँगको यातायात तथा पारवहन प्रोटोकल कार्यान्वयनको गतिमा पनि धिमापन देखिने छाँटकाँट छ । जनवरी दोस्रो साता काठमाडौंमा वाणिज्य मन्त्रालयले चीनका चार समुद्री बन्दरगाह, तीन सुक्खा बन्दरगाह र छ स्थलनाका प्रयोग गर्न पाउने सहमति कार्यान्वयनमा आएको जनाएको थियो । तर यसको व्यावहारिक कार्यान्वयनको पाटोका लागि तात्नुपर्ने व्यापारिक वर्ग कोरोनाका कारण सेलाउने स्थिति छ । अतः नेपालले कोरोनाजन्य अनेक सम्भाव्य क्षतिबाट बच्न यथोचित कदम चाल्न ढिलो गर्नु हुँदैन ।


कोरोना भाइरस चीनका लागि मात्रै होइन, यसको उचित व्यवस्थापन नभएसम्म विश्वको टाउकोदुखाइ हो । जिम्मेवारीपूर्वक सामेल हुने/नहुने ती देशहरूको इच्छा होला । तर चीनले आफ्नो नेतृत्वमा इबोला, सार्स लगायत विश्वव्यापी महामारी पार लगाए जस्तै यस पटक कोरोनाविरुद्ध लड्नुपर्ने चुनौती छ । सारा संसारका वैज्ञानिकहरूले मरिमेटेर कोरोना नियन्त्रणको प्रयास गरिरहेका छन्, तर कोरोनामाथि विजयप्राप्ति हेतु कुनै पनि भ्याक्सिन वा औषधीमूलो पत्ता नलागुन्जेल सबै मुलुकले बेहोर्ने भनेको चौतर्फी क्षति नै हो ।


लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई), बेइजिङमा कार्यरत छन्। प्रकाशित : माघ २४, २०७६ ०८:४५

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चीनमा १९ विदेशी मात्रै कोरोना संक्रमित

लक्ष्मी लम्साल

बेइजिङ — चीनले हालसम्म जम्मा १९ जना विदेशी मात्रै कोरोना भाइरसबाट संक्रमित भएको बताएको छ। तीमध्ये २ जनाको सफल उपचार भएको र १७ जना अहिले निगरानीमा रहेको पनि चीनले प्रस्ट्याएको छ।  

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङलेबिहीबार चिनियाँ सामाजिक सञ्जाल वीच्याट ग्रुपमा विदेशी पत्रकारहरूसँग साक्षात्कार गर्दै यस्तो जानकारी दिएकी हुन्। बेइजिङमा भएको पत्रकार सम्मेलनमा उनले दिएको जानकारी अनुसार विदेशीहरूको स्वास्थ्यप्रति चीनले चालेको कदमप्रति विदेशी समुदायले प्रशंसा गरेको छ। उनले भनिन्,चीनमा रहेका विदेशी नागरिकको जीवन रक्षा र स्वास्थ्यलाचीनले प्राथमिकतामा राखेको छ। सक्दो प्रयास गरेर महामारीको प्रतिरोध गर्न लागि परेको छ।

चीनले विदेशी नागरिकको सुरक्षाकोप्रत्याभूतिदिएको भन्दै उनलेचीनमा रहेका धेरै विदेशीले चीनको मद्दत र चालेकाकदमकोसराहना गरेको बताइन्। उनले चिनियाँ वा विदेशी नागरिक भनेर कुनै विभेद नगरेको पनि प्रस्ट पारेकी छन्। उनले भनिन्,चीनले चिनियाँ नागरिकलाईजस्तैचीनमा रहेका विदेशीको स्वास्थ्यसुरक्षालाई निरन्तर रुपमा हेरचाहगर्दैएको छ।

काेराेना प्रकाेप

कोरोना भाइरस संक्रमित र उपचार भएका नागरिक कुन कुन देशका भन्ने नखुलेपनि हालसम्म यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। काठमाडाैंस्थित नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि हालसम्म चीनमा रहेका नेपालीहरू सबै सुरक्षित भएको दाबी गर्दैएकी छ।

प्रकाशित : माघ २३, २०७६ १६:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×