डेंगु हाम्रो परीक्षा

सम्पादकीय

सरकारी अक्षमता र नागरिक लापरबाहीको एउटा नमुना हो–  डेंगुको महामारी । तीन महिनाअघि धरानमा देखिएको डेंगुको संक्रमण ४२ जिल्लामा फैलिसक्यो । तीन जनाको ज्यानै गइसक्यो । नियन्त्रण प्रयास विफलप्रायः छ । संक्रमितको संख्या दिनहुँ बढ्दो छ ।धरानमा मात्रै पाँच हजारभन्दा बढी संक्रमित छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा उपचार गर्न मात्रै अहिलेसम्म ३ हजार ४ सय जना पुगिसके । विभिन्न क्लिनिकमा उपचार गराउनेको संख्या उत्तिकै छ । कति टोलमा डेंगुले नछोएको घर भेट्न मुस्किल छ । एउटै घरमा सात जनासम्म संक्रमित छन् । प्रदेशसभाले धरानलाई ‘डेंगु संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । धरान उपमहानगरले ८ र १५ नम्बर वडालाई ‘स्वास्थ्य संकटग्रस्त क्षेत्र’ तोकेको छ ।

झापा, मोरङ, चितवन, उदयपुरलगायत जिल्लामा संक्रमितको संख्या बढिरहेको छ । रोग पहाडसमेत उक्लिएको छ । पाँचथरमा पनि ३३ जना संक्रमित भेटिएका छन् । कति स्थानमा स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । साउनयता संघीय राजधानीमै पनि ५९ जनामा डेंगु पाइएको छ । तीमध्ये २५ जनालाई स्थानीय लामुखुट्टेले टोकेर सारेको थियो भने अन्य बाहिरबाट उपचार गर्न आएका थिए ।

डेंगु नियन्त्रणका लागि लामखुट्टे मार्नु र त्यसका अन्डा, लार्भा र प्युपा नष्ट गर्नुको विकल्प छैन । धरानमा ‘र्‍यापिड रेस्पोन्स टिम’ समेत बनाइएको थियो । टिमले सर्च एन्ड डिस्ट्रोय अभियान तीव्र बनाउन घरदैलोसमेत गर्‍यो । उपमहानगरले यसैमा ३० लाख रुपैयाँ खर्चियो । तैपनि नियन्त्रणमा आउन सकेन । सरकारी र गैरसरकारी क्षेत्रका गतिविधिले काम गरेनन् । सर्वसाधारणले सिकेका कुरा व्यवहारमा उतारेनन् । स्थानीयवासीले अन्डा, लार्भा र प्युपा नष्ट गर्ने तरिका सिके तर व्यावहारिक कार्यान्वयनमा ल्याएनन् । यही नागरिक व्यवहार नियन्त्रणमा तगारो बन्यो । सरकारले यथोचित सक्रियता निरन्तर देखाएन ।

धरानमा मनसुनपूर्व देखिएको डेंगुलाई तुरुन्त नियन्त्रण गरिएन । मनसुन सुरु भएपछि अवस्था स्वतः जटिल बन्यो । अब त, अर्को सालको डर पनि देखिइसक्यो । यही हिसाबले कम्तीमा ‘पोस्ट मनसुन’ अर्थात् कात्तिक–मंसिरसम्म प्रकोप जारी रहने अनुमान छ । हिउँदमा लामखुट्टे निष्क्रिय रहेका बेला त्यसका अन्डा, लार्भा र प्युपा नष्ट गर्न नसके अर्को वर्ष फेरि डेंगु देखिनेछ ।

यस्तो महामारी यसअघि पनि देखिएको थियो । एउटै सहरमा छोटो अवधिमा यति धेरै जनालाई भने देखिएको थिएन । नौ वर्षअघि ९ सय १७ जनामा डेंगु भेटिँदा पाँच जनाले ज्यान गुमाएका थिए । देशमा डेंगुको महामारी फैलिरहँदा किट नियन्त्रण गर्ने दक्ष जनशक्तिहरू करिब एक वर्षदेखि जिम्मेवारीविहीन छन् । ‘मलेरिया इन्सपेक्टर’लाई ‘फाजिल’मा राखिएको छ भने भेक्टर कन्ट्रोल निरीक्षककोदरबन्दीमा कटौती गरिएको छ । जबकि मुलुकमा यस्ता निरीक्षक अझ धेरै चाहिन्छन् ।

एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातका पोथी लामखुट्टेले पानीमा पारेका अन्डा, लार्भा र प्युपा नष्ट नगरेसम्म डेंगु नियन्त्रण हुँदैन । यसका लागि घर, आँगन र चोक सबैतिर ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान चलाइरहनुपर्छ । स्थानीय सरकार अग्रसक्रिय हुनुपर्छ । संघ र प्रदेश सरकारले उत्तिकै चासोका साथ सघाउनुपर्छ । स्थानीयवासी आफैंले पनि नियन्त्रण अभियान गर्नुपर्छ । घर वरपर सफा राखी, जमेको पानी हटाउन जनचेतना बढाउनुपर्छ ।

डेंगु लामखुट्टेजन्य भाइरल संक्रमण हो । संक्रमित बिरामीलाई शरीर, हात, जोर्नी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, आलस्य हुने, रिंगटा लाग्ने, बान्ता हुने जस्ता समस्या देखिन्छन् । प्रभावित क्षेत्रका बासिन्दाले यी लक्षणलाई सामान्य ठानेर हेलचेक्र्याइँ गर्नुहुँदैन । चिकित्सकसँग सल्लाह गरेर डेंगु परीक्षण गराउनुपर्छ । यो रोग मानिसबाट मानिसमै सर्दैन । डेंगुका रोगीलाई टोकेपछि लामखुट्टे पनि संक्रमित हुन्छ । त्यसले पुनः स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगु सर्छ । संक्रमितले सुत्दा झुल प्रयोग गर्नुपर्छ ।

प्रकाशित : भाद्र ९, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्

वार्द्धक्यतन्त्रका भड्खालाहरू

अच्युत वाग्ले

पश्चिमा दर्शनमा ‘दार्शनिक राजा’ लगायत राज्यका आदर्श अवधारणाहरूको जग स्थापित गरे बापतको एकल श्रेय र सीमातीत प्रशंसा ग्रीक दार्शनिक प्लेटोले पाएका छन् । ऊनैको वार्द्धक्यतन्त्र वा वृद्धतन्त्र (जेरोन्टोत्रेसी) को अवधारणालाई भने आधुनिक राजनीतिशास्त्रले सम्भवतः सबभन्दा बढी आलोचना गरेको छ । लोकतन्त्रको भावना विपरीतको प्रस्तावना ठहर्‍याएको छ ।

मेडिकल सोसियोलोजीका अमेरिकी प्रध्यापक एर्डमन बी पाल्मोर लेख्छन्, ‘वृद्धतन्त्रले वृद्धहरूको समूहद्वारा गरिएको शासन वा हालीमुहाली (डोमिन्यान्स) लाई बुझाउँछ । आम फ्रयोगमा ‘जेरोन्टोत्रेसी’को वर्गीकरण सामान्यतः निन्दात्मक अर्थमा लिइन्छ, जसमा बूढो उमेरलाई पुरातनपन्थी र रूपान्तरित हुन नखोज्ने नेतृत्व पद्धतिको कारक सम्बन्धका रूफमा अर्थ्याइन्छ ।

...वैज्ञानिक दृष्टिमा ‘जेरोन्टोत्रेसी’ले दिने थप अर्थचाहिँ त्यस्तो समाज हो, जसमा नेतृत्व पाका मानिसहरू, ऐतिहासिक रूपमा हेर्दा अक्सर सधैं पुरुषहरूका लागिमात्र संरक्षित हुन्छ । उदाहरणका लागि, (प्राचीन) ग्रीक नगर राज्यहरूमा जेरोरसिया भनिने वृद्धहरूको समूह, अथवा परिषद्ले शासन गर्थ्यो, जसका सदस्यको उमेर ६० वर्षदेखि मृत्युपर्यन्त हुन्थ्यो । पूर्वी अफ्रिकाका धेरै आदिवासी शासनहरू अझै विशुद्ध ‘जेरोन्टोत्रेसी’ छन् । राजनीतिक फाँटमा ‘जेरोन्टोत्रेसी’ वृद्धहरूको पक्षमा गरिने विभेदको चरम उदाहरण हो’ (पुस्तक : ‘एजिएजम : निगेटिभ एन्ड पोजिटिभ’, सन् १९९९, पृष्ठ ४५, स्प्रिङगर पब्लिकेसन) ।

यो प्रस्तावना नै पूर्वीय वैदिक वर्णाश्रम धर्मले परिभाषित गरेको मानिसको उमेर र सांसारिक–शारीरिक अवस्था अनुसारका चार भूमिका (ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास) मा आधारित अवधारणाको ठिक विपरीत हो । प्लेटोका झन्डै समकालीन चाणक्यले पनि संन्यासी राजाको उल्लेख गरेका छन्, जसको अर्थ— उसको भूमिका पद, वैभव, अहम्को स्वार्थभन्दा माथि रह्यो भनेमात्र राजकाजमा संलग्न हुन र सल्लाह दिन पाइन्छ । यथार्थमा वृद्धावस्थामा सबै जिम्मेवारी पछिल्लो पुस्तालाई सुम्पेर पाकेको वयकाहरू संन्यासी बन्ने सनातन चक्रको अविच्छिन्न पालना नै फूर्वीय दर्शनको सार हो ।

यो ‘जेरोन्टोत्रेसी’को सन्दर्भलाई नेपालको वर्तमान राजनीतिक नेतृत्वको उमेर, प्रवृत्ति, प्राथमिकता र यी सबैको अवश्यम्भावी परिणतिस्वरुप मुलुकले भोगिरहेको दुर्दशाको प्रकाशमा हेरिनु आवश्यक छ । नेपाल किन बनेन ? लोकतन्त्र किन संस्थागत हुन सकेन ? र जनजीविका र आर्थिक उन्नतिका मुद्दा किन राजनीतिक मूलधारको बहसमा विरलै आउँछन् ? यी आदि प्रश्नहरूको कसीमा नेतृत्वको चरित्र फरीक्षण हुनु र गरिनु आवश्यक छ ।

‘जेरोन्टोत्रेसी’ नेतृत्वको प्रवृत्तिलाई सत्तारुढ नेपकाभित्र अहिले सर्वाधिक चर्चामा रहेका दुइटा प्रसंगले प्रस्ट पारेका छन् । नेकपाको अघिल्लो साताको बैठकले प्रधानमन्त्री भइसकेका त्यसका दुईथान नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालको तथाकथित वरियताक्रम परिवर्तन गरेको समाचार आएको थियो । त्यसबाट निम्तिएको गाँड कोराकोरलाई सञ्चार माध्यमहरूले विवेकशून्य ढंगले यसरी समाचार दिए, मानौं त्यो सार्वजनिक मनोरञ्जनले ठूलै राजनीतिक अर्थ राख्छ ।

यस्तै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको विरोधीहरूले ‘मरिहालोस् भनेर कामना गरेको’ भाषण र माधव नेपालले गरेको स्वास्थ्यलाभको कामनासमेत उनले अस्वीकर गरेको अत्यन्तै असभ्य र छुद्र वाक्यहरू सार्वजनिक भए । यो वास्तवमा भित्रभित्रै कचपल्टिएको र निरन्तर जोड–घटाउ भइरहेको आपसी अरुचि, अहंकार र आत्मश्लाघाको विस्फोट मात्र थियो ।

यो दुई वा तीनजना अनिवार्य संन्याश्रममा रहनुपर्ने नेता वा सत्तारुढ दलभित्र मात्र देखिएको प्रवृत्ति होइन । नेपालका सबै दलभित्रको अवस्था उही छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच वा पूर्वपञ्चहरूदेखि तराई केन्द्रित दलहरूभित्र चलिरहने उस्तै राजनीतिक खिचातानी, भनाभन र षड्यन्त्रको उद्देश्य र परिणाम (शून्यता) मा कुनै भिन्नता छैन ।

आम जनता, तथाकथित बौद्धिक र सञ्चार माध्यमका युवा रिपोर्टरहरूलाई मुलुकका सिङ्गो राजनीतिक फलकमा यसरी फैलिएको झगडा र असभ्यता अत्यन्तै अस्वाभाविक लागेको छ । लेख, समाचार र टिप्पणी वा बहसका बान्कीहरूले ‘नेताहरू यति तल ओर्लन नहुने’ एकल सन्देश दिएका छन् । उनीहरूले खास समस्या नेताहरूको शैली र स्वभावमा देखेका छन् ।

तर यथार्थ यो होइन । यी मुलुकले अनेकौं कारणले बेरोकटोक पन्फिन दिएको ‘जेरोन्टोत्रेसी’को अत्यन्तै स्वाभाविक फरिणामहरू मात्रै हुन् । मूल समस्या ‘जेरोन्टोत्रेसी’ आफै हो । त्यसैले सबै विचार, आकार र भूमिकाका राजनीतिक शक्तिहरूबीच उही रोग, उसैगरी फैलिएको छ । त्यो फैलावटका लागि सबै प्रमुख दलको नेतृत्वमा पैंसठ्ठी वर्ष काटेका नेताहरूको हालीमुहालीले अत्यन्त सहज बनाएको छ ।

यसका पछाडि दुइटा मुख्य कारण छन् । पहिलो, वर्तमान मुलुकको राजनीतिको सम्पूर्ण नेतृत्व पङ्तिले, जुन सामान्यतः पैंसठठ् ीकाटेको छ, मुलुकले अहिले बेहोरेका प्रकट रूपमा आर्थिक र राजनीतिक एवं सामाजिक जोखिमहरूबारे चर्चा, बहस गर्ने र मत–विमत राख्ने ज्ञान, जानकारी र हैसियत राख्दैन । एकाध अपवादलाई छोडेर, नेतृत्वमा बस्ने कुनै पनि नेताले चालीस वर्षयता कुनै एउटा विश्व प्रसिद्ध पुस्तक छिचोलेको छैन ।

नेपालको(अ) विकास, समाज र अन्तर्राष्ट्रिय अन्तरसम्बन्ध बारेका उपलब्ध कुनै तथ्य, तथ्यांक एवं विश्लेषणलाई एकपटक सरसर्ती हेर्ने बानीसमेत बसालेको छैन । उनीहरूले मुलुकको भविष्यका सम्भावना र जोखिम अथवा सामान्य समस्याका बारेमा लिने हचुवा, तदर्थवादी र अक्सर प्रतिगामी निर्णयहरू यसका पुख्ता प्रमाण हुन् । सबभन्दा ठूला प्रमाण त विश्व मानचित्रमा क्रमशः मलिन हुँदै गएको मुलुकको व्यक्तित्व र भीरको मुखैमा पुगेको अर्थतन्त्र छँदैछन् । यसबारे उनीहरूले चिन्तासम्म गरेको समाचार पनि विरलै पढ्न वा सुन्न पाइन्छ ।

दोस्रो, यी नेताहरूले पाउने सम्मानको आधार त्यही पदमात्रै हो । पाएसम्म सरकारी ढुकुटी खेलाउन पाउने पद, नभए पार्टीभित्रका आत्मतुष्टिका लागि सिर्जना गरिएका पदहरूमा भए पनि अन्त्यहीन झगडा र लुछाचुँडी । यस्तो किन भइरहेको छ भने उनीहरूले यसअघि महत्त्वपूर्ण सार्वजनिक पदमा बस्दा जनताले दिने प्राकृतिक सम्मान आर्जन गर्ने कुनै काम गर्न सकेनन् ।

र उनीहरूलाई थाहा छ, पदमा नबसीआफ्नो सुकर्मबाट स्वाभाविक इज्जत, मान वा सम्मान पाउने सम्भावना विलकुलै छैन । ‘आर्जन’ गर्न नसकेको तर ठूलो मान्छे भएको आडम्बर धान्न जुन तहको सामाजिक सम्मान आवश्यक छ, त्यसलाई पदमा बसेर ‘दोहन’ गर्नुपर्छ भन्ने चेत उनीहरूलाई छ । सम्मान, त्याग र योगदान गरेर होइन, पदमा बस्दा कमाएको अस्वाभाविक सम्पत्तिको छेउ पनि टुक्रिन नदिई, इमानदारीको पगरी पनि चाहिएको छ । समस्याको जड यही हो ।

समस्याको तेस्रो आयाम नभएको होइन । राजनीतिक दलभित्र ओहदा ओगट्नेहरूलाई पनि प्रत्यक्ष–अप्रत्यक्ष ढंगले राज्यशक्ति दुरुपयोगको छुट दिने परम्परा जसरी संस्थागत गरिएको छ, त्यसले फनि जेरोन्टोत्रेसी’लाई अभेद्य बनाउन मद्दत गरेको छ । त्यसैकारण दलभित्रको मर्यादा क्रममा पनि अक्सर ठूलो झगडा परिहन्छ । संसारका अन्य लोकतान्त्रिक मुलुकमा पार्टी अध्यक्ष को हुन्छ भन्ने त्यति महत्त्वको विषय हुँदैन । त्यसलाई एउटा राजनीतिक व्यवस्थापकका रूपमा लिइन्छ । बहुदलीय व्यवस्थामा दलहरूद्वारा राज्यशक्ति प्रयोगको सीमाबारे नेफालमा छुट्टै बहसको आवश्यकता छ ।

‘जेरोन्टोत्रेसी’ले मुलुकको राजनीति र अर्थतन्त्रलाई किन र कसरी युगौंसम्म बन्धक बनाउँछ भन्ने विषयमा विश्व राजनीतिशास्त्रमा व्यापक खोज र अध्ययन भएका छन् । सिद्धान्तहरू प्रतिपादन झएका छन् । ‘जेरोन्टोत्रेसी’ले सिर्जना गर्ने समस्यालाई मूलतः चारवटा खम्बामा विभाजन गरे हेर्न सकिन्छ, जसलाई ‘फोर डी’ले प्रतिनिधित्व गर्न सक्छ : १. डिस्इनफ्रेञ्चाइजमेन्ट (मतवञ्चिती) । २. डेमोत्र्याटिक डेफिसिट (अपर्याप्त लोकतन्त्र) । ३. डिरेल्ड डेभेलपमेन्ट (बरालिएको विकास) र ४. डिस्इनच्यान्टमेन्ट अफm मासेस (आम विरक्ति) ।

‘जेरोन्टोत्रेसी’मा चुनाव भएको देखिए पनि युवा र भविष्यद्रष्टा पुस्ताले आफ्नो आवश्यकता र विचारको प्रतिनिधित्व गर्ने नेतृत्वलाई मत दिने अवसर नै पाउँदैनन् । नयाँ पुस्ताको मत र भावनाको फ्रतिनिधित्व गर्ने युवा नेतृत्वलाई ‘जेरोन्टोत्रेसी’ले स्थापित नै हुन दिँदैन । किनभने यो स्रोत सम्पन्न हुन्छ । राजनीतिक दृष्टिकोणले नधानेपछि वरिष्ठता, संस्कृति, सामाजिक मूल्य जे सकिन्छ, त्यही हत्कण्डा लगाएर त्यो वृद्धपङ्क्ति नेतृत्वमा टाँसिइरहन्छ । बेलायती राजनीतिशास्त्री प्राध्याफक त्रेग बेरीले त बढ्दो ‘जेरोन्टोत्रेसी’का कारण युवा पुस्ता (जेनरेसन वाई) नै मताधिकार वञ्चित पुस्ता (जेनरेसन डी) मा रूपान्तरण हुनलागेको निष्कर्ष दिएका छन् (हेनुहोस्, दि राइज आफ् ‘जेरोन्टोत्रेसी’ ? एड्रेसिङ इन्टरजेनरेसनल डेमोक्र्याटिक डेफिसिट, इन्टरजेनरेसनल फाउन्डेसन, युके, २०१२) । यसरी, जनताको वास्तविक विचारको प्रतिनिधित्व गर्न नसक्ने लोकतन्त्र स्वतः अपर्याप्त हो । लोकतन्त्रभन्दा बढी यो त वृद्धहरूको तानाशाही हो ।

यसले समग्र विकास आवश्यकताको पहिचान, प्राथमिकता, गति र प्राप्तिलाई प्रतिकूल मार्गमा धकेल्छ । र राजनीतिक प्रणाली र राजनीतिक नेतृत्वप्रति आमजनता र र खासगरी युवा पुस्ताको सम्पूर्णतः मोहभङ्ग हुन्छ । मुलुकको भविष्यप्रतिको आशा नै खण्डित हुन्छ । नेपालको अहिलेको सिङ्गो परिदृश्य यही हो ।

यसर्थ अहिले नेपाललाई चाहिएको बहस र समाचार यहाँ जरा गाडेको ‘जेरोन्टोत्रेसी’भित्र के झगडा छ र यसका रक्षकहरू के गर्दैछन् भन्ने होइन । यो ‘जेरोन्टोत्रेसी’को जकडबाट मुलुकलाई कत्ति छिट्टै मुक्त गर्न सकिन्छ भन्नेमा केन्द्रित हुनु आवश्यक छ ।

twitter : @DrAchyutWagle

प्रकाशित : भाद्र ९, २०७६ ०८:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT