हत्ते गरेर अपहत्ते

दीप्स शाह

मध्यपूर्वी खाडी मुलुक ओमानमा दुई नेपाली युवतीको ज्यान गएको खबर जति सजिलै सुनियो, पचाउन त्यति नै जटिल बन्यो । सुन्नमा सरल यस मानेमा कि, यस किसिमको खबर यो पहिलो होइन । पचाउन जटिल किनभने बिरानो मुलुकमा सुनौलो सपना देख्दै गरेका आफ्ना चेलीहरूले जीवन त्यागेको खबर कुनै कोणबाट सहज हुन सक्दैन ।

ZenTravel

२५ र २१ वर्षीया ती युवतीमध्ये एकको उनकै बंगाली पुरुष साथीले चक्कु प्रहार गरी हत्या गरेको थियो। ती युवती करिब दुई वर्षअघि रोजगारीको सिलसिलामा ओमान पुगेकी थिइन् र केही समययता काम र कामदाता छोडेर त्यही बंगालीसँग बस्दै आएकी थिइन् ।

Meroghar

अर्की युवतीको शव झुन्डिएको अवस्थामा भेटिएको थियो, जो पर्यटक भिसामा त्यहाँ पुगेर कुनै बंगाली युवकसँगै बस्दै आएकी थिइन् । खबर अनुसार, उनको साथी भनिने बंगाली पुरुष भने उनको मृत्युको केही समय पहिले आफ्नै देश फर्किसकेको थियो ।

यी दुई घटनामा दुइटा समानता छन्— अवैध बसाइ र विदेशीपुरुष साथी ।

कुनै पनि मुलुकमा अवैध तरिकाले रहनु हरेक कोणबाट अत्यन्त असुरक्षित हुन्छ । मातृसत्ता लागू रहेको, लैंगिक हिसाबले हरेक तह र तप्कामा नारी–पुरुषको समान हक सुरक्षित रहेको र मानव अधिकारको उच्चतम सुरक्षा र संरक्षण रहेको इजरायलजस्तो देशमा त कागजात र भिसाविहीन विदेशी कामदारले या त इमिग्रेसनको सुराकी खेप्नुपर्ने या कम पारिश्रमिक र कठिन अनि छनोटविहीन काममा निर्धारितभन्दा अधिक समय पेलिनुपर्ने अवस्था छ भने ओमानजस्तो झनै फरक संस्कृति रहेको मुलुकमा ती युवतीको भोगाइ कस्तो थियो, सहजै अनुमान लगाउन सकिन्छ ।

अर्कातिर, हिम्मत जुटाएर परदेशसम्मको अज्ञात यात्रामा निस्किसकेका हाम्रा चेलीहरू पुरुषबिना बस्नै नसक्ने हुन् ? पुरुषको आड र साथबिना बाँच्नै नसक्ने हुन् ? कोही पुरुषसँगको शारीरिक सामीप्यबिना के कुनै नारी सास फेर्नै सक्दैनन् ? शरीरको भोककै लागि त्यत्रो जोखिम मोलेर दूरदेश पुग्नु जरुरी छ ?

आफू केका लागि किन त्यो गन्तव्यसम्म पुगेकी हुँं भन्ने बिर्सिएर सीमित रमझममै रम्ने हो भने फेरि दोष कसलाई दिने ? आँगन नाघेर केही गर्ने, आफ्नै खुट्टामा उभिने मौकालाई सदुपयोग गर्ने साहस आफूमा छैन भने कहिलेसम्म दोस्रोलाई गलत बताएर आफूलाई नै बरबाद गरिरहने ?

हो, हाम्रो परिप्रेक्ष्यमा धेरै अबगाल सरकारलाई दिन सक्छौं । हुन पनि सरकार निकम्मै छ। सम्बन्धित निकाय गैरजिम्मेवार छन् । नियमकानुन अत्यन्तै फितला र सीमित वर्गको पहुँचमा छन् । प्रणाली लथालिङ्ग छ । पाइला–पाइलामाअप्ठ्यारा र निर्विकल्प बाध्यता छन् ।

तर यसो भन्दैमा सबथोक सकिइसकेको पनि त छैन ! बाध्यताका नाममा जुनसुकै तरिकाले कुनै पनि बाटो गरी धूर्त दलालहरूको सम्पर्कबाट वैदेशिक रोजगारीमा निस्किन पनि त कम से कम केही हजार या लाखको जोहो गर्नुपर्दैन र ? केही लाखसम्मकै जोहो गर्नसक्ने हिम्मत र सम्भावनालाई ‘छाक टार्नसमेत मुस्किल अवस्था’ को बिल्लाले छोपेर हामीले कहिलेसम्म अकाल मरण रोजिरहने ? इच्छाशक्ति हुने हो भने त्यति रकमले स्वदेशमै केही गर्न नसकिने होइन । खतरा मोलेर अन्धकार गन्तव्यमा भासिनुभन्दा स्वदेशमै, सानै सही, कुनै व्यवसाय गर्नु सर्वोत्तम विकल्प हो ।

यहीँ जत्ति ज्याला–मजदुरी गर्न पाइन्छ । हाम्रा सहर–बजार झन् यस्तो मलिला छन्, गमलामा फलाएको सागको मुठो बोकेर चोकमा उभिए केही मिनेटमै पैसा फल्छ । हाम्रा गाउँ पनि कम छैनन् । सरकारले केही गरेन भन्दाभन्दै पनि महिला विकास केन्द्रित धेरै योजना गाउँ–गाउँ पुगेका छन् । केही गर्छु भन्ने आँट र इच्छाशक्ति भएका महिलालाई अनुदानका, साना उद्यमका धेरै कार्यक्रम छन् । जिन्दगीकै बलि चढाउनुपर्ने गन्तव्य ताक्नुभन्दा पाखुरा खियाएर स्वदेशमै बाँच्ने योजना ठीक होइन र ?

अवैध बाटाको वैदेशिक रोजगारी निर्विकल्प बाध्यता हो भन्छन् कतिपय । तर मलाई लाग्छ, यो धेरै हदसम्म हाम्रो विलासी मानसिकताको उपज हो । रमझममा बाँंच्ने लालसाको नतिजा बनिरहेको हुनसक्छ, यो रहर । छिट्टै माथि पुग्ने अधकल्चा सपनाका लागि खतरनाक भर्‍याङ चढ्नु बुद्धिमत्ता होइन । दुःख सही, स्वाभिमानमा रमाउन सिकौं । नमीठो सही, इमानदार कमाइमा स्वाद लिन सिकौं । ठूला सपना देख्नुअघि त्यसको परिणाम अनुमान गरौं । अवैध बाटो अज्ञात गन्तव्यतिर लम्किनुअघिआफ्नाहरूको याद गरौं र धेरै सोचविचार गरेर मात्रै कदमअघि बढाऔं ।

deepssanu@gmail.com

प्रकाशित : असार १६, २०७६ ०७:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

झिनो आशामा श्रीलंका

एजेन्सी

चेस्टर ली–स्ट्रिट — पछिल्लो खेलमा दक्षिण अफ्रिकासँग बेहोरेको हारले श्रीलंकाको सेमिफाइनल यात्रामा गम्भीर धक्का लागेको थियो । टोलीको यात्रा अझै सकिसकेको भने छैन ।

श्रीलंकाले सोमबार १० टोली सम्मिलित एकदिवसीय विश्वकपको लिग चरणमा आफ्नो आठौं खेल वेस्ट इन्डिजसँग खेल्दै छ । सेमिफाइनल दौडबाट यसअघि नै बाहिरिसकेको वेस्ट इन्डिजका लागि गुमाउनु केही छैन ।

अघिल्लो साता इंग्ल्यान्डलाई २० रनले पराजित गरेपछि श्रीलंकाको सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनेको थियो । तर दक्षिण अफ्रिकासँगको ९ विकेटको पीडादायी हारले उसको सम्भावना निकै कमजोर बनेको छ । सेमिफाइनलको गणितीय सम्भावना कायम राख्नका लागि उसले बाँकी दुवै खेलमा जितेर मात्र पुग्दैन, पाकिस्तान र इंग्ल्यान्डका बाँकी खेलका नतिजामा पनि भर पर्नुपर्छ ।

तीन दिनअघि चेस्टर ली–स्ट्रिटको यही मैदानमा दक्षिण अफ्रिकासँगको हारमा श्रीलंकाको असंयमित ब्याटिङ पुनः दोहोरियो । वेस्ट इन्डिजको बलिङ आक्रमणको सामना गर्नका लागि दिमुथ करुणारत्नेको टोलीले ब्याटिङ प्रदर्शनमा धेरै सुधार गर्नुपर्छ ।

अर्कोतर्फ जेसन होल्डरको नेतृत्वमा रहेको क्यारेवियन टोली विश्वकपको निराशाजनक अभियानको अन्त्यतिर आइपुगेको छ । उनीहरूले पछिल्लो ७ मध्ये १ खेलमा मात्र जित हासिल गरेका छन् । पाकिस्तानविरुद्धको पहिलो खेलमै ७ विकेटको जितपछि वेस्ट इन्डिजको पतनको दिन सुरु भएको हो ।

जो अन्तिम स्थानको अफगानिस्तानभन्दा एक स्थान माथि छ र सेमिफाइनल दौडबाट बाहिरिसकेको छ । र पनि वेस्ट इन्डिज टोली बलिङ, ब्याटिङ र फिल्डिङ गरी तीनै क्षेत्रमा उत्कृष्ट छ । मात्र उनीहरूले निर्णायक क्षणको सदुपयोग गर्न सकेनन् ।

प्लेयर्स टु वाच

लासिथ मालिंगा (श्रीलंका)
श्रीलंकाली भेट्रान बलर लासिथ मालिंगाले विश्वकपमा अहिलेसम्म१० विकेट लिएका छन् । सुरुआतमा अपेक्षित प्रदर्शन गर्न नसके पनि पछिल्ला २ खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाविरुद्ध ४–४ विकेट लिएर उनी आफ्नो लयमा फर्किएका छन् । विश्वकप इतिहासमै २ पल्ट ह्याट्रिक विकेट लिने एकमात्र बलर मालिंगावेस्ट इन्डिजका शीर्ष क्रमका लागि खतरा हुन सक्छन् ।



क्रिस गेल (वेस्ट इन्डिज)
करिअरको अन्त्यतिर रहेका क्रिसगेलले आफ्नो पाँचौं तथा अन्तिमविश्वकप स्मरणीय बनाउन सकेनन् । सेमिफाइनल दौडबाट टिम बाहिरिएपनि उनले आफ्नो उत्कृष्ट प्रदर्शनसुधार गर्ने अवसर पाएका छन् ।जारी विश्वकपका ७ खेलमा न्युजिल्यान्डविरुद्ध मात्र उल्लेखनीय इनिङ्स खेलेका गेलले दबाबमुक्त खेलमा श्रीलंकाविरुद्ध आफ्नो विस्फोटक छवि देखाउन सक्नेछन् ।

प्रकाशित : असार १६, २०७६ ०७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×