काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार भारत भ्रमणमा जाने भएकी छन् । परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो विदेश भ्रमण हो ।
राणालाई यही साता नेपाल भ्रमण गरेका भारतीय विदेशसचिव विक्रम मिस्रीले भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा दिएका थिए ।
परराष्ट्र स्रोतका अनुसार राणाको भ्रमण भदौ २ देखि ५ गतेसम्म हुनेछ । उक्त अवसरमा राणाले भारतका विदेशमन्त्री एस. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने छिन् । मन्त्रालयले जयशंकरसँगको भेटवार्ताको लागि गृहकार्य थालिसकेको छ ।
भारत भ्रमणकै बेलामा राणाले आफ्नो स्वास्थ्य उपचार पनि गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रकाशित : श्रावण ३१, २०८१ १९:०४