राजविराज — मधेश प्रदेश सरकारमा प्रतिनिधित्व गरिरहेका आठ जना राज्यमन्त्री हटाइने भएको छ । राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् २० सदस्यीय बनाएपछि मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारको आलोचना भइरहेको थियो । मुख्यमन्त्री सिंहले आठजना राज्यमन्त्री हटाउने निर्णयमा पुगेको जानकारी दिए ।
पछिल्लोपटक गत मंगलबार पाँचजना राज्यमन्त्री थप्दै २० सदस्यीय मन्त्रिपरिषद् बनाइएको थियो । पछिल्लोपटक थपिएका पाँचजना राज्यमन्त्री आठ दिन मात्र मन्त्री रहे ।
मधेशमा दलहरूबीच भागबन्डा मिलाउन २० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाइएको थियो । जनमत पार्टीबाट मुख्यमन्त्री भएका सतिशकुमार सिंहले गत मंगलबार ५ राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका थिय ।कांग्रेसबाट २, एमाले, जनमत र लोसपाका १/१ राज्यमन्त्री थपिएका थिए । मधेशमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र ३ राज्यमन्त्री थिए ।
जनमत, कांग्रेस, एमाले, लोसपा सम्मिलित मधेश सरकारमा मुख्यमन्त्रीको कार्यालयसहित १२ मन्त्रालय छन् । जनमतका मुख्यमन्त्रीसहित ३, कांग्रेस ४, एमाले ४, लोसपाको भागमा १ मन्त्रालय छ ।
प्रकाशित : श्रावण २९, २०८१ १२:०२