कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सार्कका विविध पक्षबारे छलफल

श्रावण २९, २०८१
सार्कका विविध पक्षबारे छलफल

काठमाडौँ — दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का विविध पक्षबारे परराष्ट्रमन्त्री आरजु राणा देउवा र महासचिव महम्मद गोलाम सरवारबीच छलफल भएको छ । 

सार्क सचिवालयका अनुसार परराष्ट्रमन्त्री राणासँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिएका थिए ।

सार्कको अध्यक्षका रुपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव सरवारले परराष्ट्रमन्त्रीका रुपमा सार्क मन्त्रिपरिषद्को जिम्मेवारी सम्हालेकोमा मन्त्री राणाप्रति बधाईज्ञापन गरेका थिए ।

भेटका अवसरमा दुई जनाबीच सार्कका जारी गतिविधि, भावी योजना तथा बैठकबारे पनि छलफल भएको थियो ।

प्रकाशित : श्रावण २९, २०८१ १५:००
x
×