कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

बंगलादेशको घटनाले ओली सरकारलाई मनोवैज्ञानिक त्रास : दाहाल

श्रावण २५, २०८१
बंगलादेशको घटनाले ओली सरकारलाई मनोवैज्ञानिक त्रास : दाहाल

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हालै बंगलादेशमा भएको घटनाले कांग्रेस-एमाले गठबन्धन सरकारलाई मनोवैज्ञानिक त्रास उत्पन्न गराएको दाबी गरेका छन् । 

शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकको उद्घाटन गर्दै दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार ‘सुशासनविरोधी, भ्रष्टाचारलाई प्रशय दिएको’ आरोप लगाए । ‘हालै बंगालादेशमा भएको राजनीतिक उथलपुथलको मनोवैज्ञानिक असर गठबन्धन सरकारलाई परेको छ,’ उनले भने, ‘हामीले मुलुकमा सुशासन, भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा सरकारबाट बाहिरिनु परेको सन्देश जनतामाझ गएको छ ।’

उनले माओवादी दागरहित भएर सरकारबाट बाहिर आएको उल्लेख गर्दै अघिल्लो सरकारले उठाएका सुशासन, सामाजिक न्याय र समृद्धिका मुद्दालाई संसद् र सडकबाट खबरदारी गर्ने दाबी गरेको एक स्थायी समिति सदस्यले बताए । दाहालले शनिबार ‘वर्तमान परिस्थिति र पार्टी निर्माण’ सम्बन्धी थप प्रस्ताव राख्ने छन् ।

शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकमा शनिबारदेखि नेताहरुले आ-आफ्ना धारणा राख्ने छन् ।

प्रकाशित : श्रावण २५, २०८१ १८:५९
x
×