कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा बागचन्द सिफारिस

श्रावण २५, २०८१
उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा बागचन्द सिफारिस

काठमाडौँ — उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा रत्नबहादुर बागचन्द सिफारिस भएका छन् । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा न्याय परिषद्को शुक्रबार बसेको बैठकले बागचन्दलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए ।

बागचन्द हाल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा कार्यरत छन् ।

परिषद्‌ले ३५ जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको छ । न्याय सेवाका विभिन्न पदहरूमा कार्यरत रहेकाहरूलाई न्यायाधीशमा सिफारिस गरिएको हो ।

प्रकाशित : श्रावण २५, २०८१ २०:५१
x
×