कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कांग्रेसका जनप्रतिनिधिले अब के-के गर्न पाउँदैनन् ? यस्तो छ ४१ बुँदे निर्देशिका

श्रावण २४, २०८१
कांग्रेसका जनप्रतिनिधिले अब के-के गर्न पाउँदैनन् ? यस्तो छ ४१ बुँदे निर्देशिका

काठमाडौँ — नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिको काम प्रभावकारी बनाउन ४१ बुँदे निर्देशिका तयार पारेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले उक्त निर्देशिका छलफलका लागि पेस गरेका छन् । यही केन्द्रीय समिति बैठकबाट निर्देशिका पास गरेर कार्यान्वयनमा लैजाने कांग्रेसको तयारी छ ।

यो निर्देशिकाले आम नागरिकको भावना सम्बोधन गर्दै व्यवस्थित रूपले जनप्रतिनिधिहरूलाई जिम्मेवारी निभाउन सहयोग गर्ने अपेक्षा लिइएको कांग्रेसको भनाइ छ । बैठकबारे जानकारी दिँदै प्रवक्ता प्रकाशसरण महतले वडादेखि संघसम्मका जनप्रतिनिधिका लागि कार्यसम्पादन निर्देशिका बनाउने विषयमा पनि केन्द्रीय समितिमा छलफल भइरहेको बताए ।

प्रस्तावित निर्देशिकाअनुसार जनप्रतिनिधिहरुले संविधान, कानून र सम्बन्धित तहको निर्णयअनुरुप कार्य गर्नुपर्नेछ । जनप्रतिनिधिको कार्यसम्पादन जनमुखी र थप प्रभावकारी बनाउने उद्देश्यले सो निर्देशिका तयार गरिएको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

'जनप्रतिनिधिहरुको भूमिका र व्यवहारलाई हेरेर नागरिकले कांग्रेसका प्रति दृष्टिकोण निर्माण गर्दछन् । अत: हाम्रा जनप्रतिनिधिहरुको कार्यसम्पादन प्रतिस्पर्धी, पारदर्शी, परिपक्क र सबल हुन जरुरी छ,' निर्देशिकामा भनिएको छ, 'सम्बन्धित तहको सफलतालाई यसले एकातर्फ सुनिश्चित गर्नेछ भने अर्कातर्फ लोकतान्त्रिक पद्धतिप्रति नागरिक विश्वास गाँस्न मद्दत पुर्‍याउनेछ ।'

निर्देशिकाअनुसार अब कांग्रेसका जनप्रतिनिधिले कांग्रेससँग फरक विचार राख्नेहरुलाई पनि कार्यकर्तालाई झैँ समान व्यवहार गर्नुपर्नेछ, कुनै पनि भेदभाव र असमान व्यवहार गर्न पाउने छैनन् ।

यस्तो छ प्रस्तावित निर्देशिका :

प्रकाशित : श्रावण २४, २०८१ १९:३१
x
×