कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

समकक्षता प्रमाणपत्र दिने अधिकार विश्वविद्यालय अनुदान आयोगलाई दिऔँ : मन्त्री चौरसिया

श्रावण २३, २०८१
समकक्षता प्रमाणपत्र दिने अधिकार विश्वविद्यालय अनुदान आयोगलाई दिऔँ : मन्त्री चौरसिया

काठमाडौँ — कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विद्यार्थीहरुलाई समकक्षताको प्रमाणपत्र दिने अधिकार विश्वविद्यालय अनुदान आयोगलाई दिनुपर्ने बताएका छन् । 

बुधवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले विद्यार्थीहरुलाई समकक्षताको प्रमाणपत्र दिने अधिकार विश्वविद्यालय अनुदान आयोगलाई दिनु उचित हुने बताए ।

उनले विश्वविद्यालय अनुदान आयोगलाई सो अधिकार दिँदा प्रमाणपत्र दिने काम व्यवस्थित र गुणस्तरिय हुने बताए । उनले देशमा धेरै विश्वविद्यालयहरु स्थापना भइसकेको भन्दै समकक्षता दिने अधिकार त्रिभुवन विश्वविद्यालयलाई दिनुभन्दा विश्वविद्यालयहरुको छाता संगठन विश्वविद्यालय अनुदान आयोगलाई दिनु उपयुक्त हुने बताए ।

उनले भने, 'समग्र रुपमा भन्ने हो भने हाम्रो देशको शासन, प्रशासनमा केही न केही कमजोरी छ । त्यसको असर त्यहाँ पनि पर्दो रहेछ । यस्ता सवालहरुलाई कसरी सजिलो बनाउने, सम्बन्धित पदाधिकारीले समयमै काम गरिदिने व्यवस्था सम्बन्धित मन्त्रालयका पदाधिकारीले नै लिनुपर्छ । कुनै नेताले फोन गरेपछि तुरुन्तै गरिदिने । फोन नगरेसम्म विद्यार्थी दौडिरहने । फाँटमा मान्छे नभेट्टाउने । फोन गरेपछि तुरुन्त भइहाल्ने । यो देशको शासन प्रशासनको लागि राम्रो काम होइन । जहाँसम्म युजिसि(विश्वविद्यालय अनुदान आयोग) लाई समकक्षताको व्यवस्था दिने कि त्रिविलाई दिने भन्ने छ । मलाई लाग्छ, हाम्रो देशमा अन्य धेरै विश्वविद्यालयहरु स्थापित भइसकेको अवस्थामा विश्वविद्यालयहरुको छाता संगठन युजिसिलाई यो अधिकार दिँदा अरु व्यवस्थित र गुणस्तरिय हुन्छ भन्ने लाग्छ ।’

मन्त्री चौरसियाले समकक्षताको प्रमाणपत्र लिन विद्यार्थीहरुले धेरै सास्ती व्यहोेर्नु परिरहेको भन्दै सहज रुपमा लिनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित : श्रावण २३, २०८१ १६:५४
x
×