कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

खेलकुद पूर्वाधारको विकासमा जोड दिनुपर्छ : मन्त्री गुरुङ

श्रावण २३, २०८१
खेलकुद पूर्वाधारको विकासमा जोड दिनुपर्छ : मन्त्री गुरुङ

काभ्रे — सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले खेलकुद क्षेत्रको विकासको लागि पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताएका छन् । बुधबार बनेपामा नेपाल तेक्वान्दो महासंघ(आइटिएफ)को २७ औं वार्षिक उत्सव एवं सम्मान कार्यक्रममा मन्त्री गुरुङले खेलकुद क्षेत्रमा पूर्वाधारको विकास गर्न आवश्यक रहेको बताएका हुन् । 

खेलकुद क्षेत्रको विकासका लागि सरकारले कम प्राथमिकतामा राखेको मन्त्री गुरुङको भनाइ थियो । खेलकुद क्षेत्रमा दक्ष जनशक्तिको पनि अभाव रहेको बताउँदै उनले भने, ‘खेलकुद क्षेत्रमा भएको बेथिति र राजनीतिकरणको अन्त्य गर्नुपर्छ ।’

उनले खेलकुदले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने भएकाले खेलकुदको विकासमा भौतिक पूर्वाधार, आर्थिक, पर्यटन लगायत सबै क्षेत्र जोडिनु आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल तेक्वान्दो महासंघ(आइटिएफ)का अध्यक्ष प्रविण कुमार कार्कीले महासंघले खेलकुदसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्य गर्दै आएको बताए ।

उनका अनुसार खेलकुदको क्षेत्रमा पूर्वाधार विकास गर्न आवश्यक रहेको र यस विषयप्रति सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको बताए ।

प्रकाशित : श्रावण २३, २०८१ १६:३१
x
×