कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा 

श्रावण २२, २०८१
अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा 

काभ्रे — गएरातिदेखि निरन्तर परेको पानीले पहिरो जाँदा अरनिको राजमार्ग अर्न्तगत धुलिखेल–खावा सडकमा रुख ढलेर  राजमार्ग अवरुद्ध भएको छ । 

मंगलबार बिहान १०:५५ बजेको समयमा काभ्रेपलाञ्चोक जिल्लास्थित अरनिको राजमार्ग अर्न्तगत धुलिखेल नगरपालिकाको वडा नं ७ स्थित फोहोर फ्याक्ने डम्पिङ साइट नजिकै माथिबाट पहिरो आई रुख ढलेर बिजुलीको तार चुडेकोले बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पहिराले सडकमा रुख ढलेका राजमार्गको सो सडक खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ । नेपाल प्रहरी, नेपाली सेनाको टोलीले सडकमा ढलेको रुख काट्ने, विद्युतको कर्मचारीले बिजुलीको तारको व्यवस्थापनको कार्य गरिरहेको उनले बताए ।

प्रकाशित : श्रावण २२, २०८१ १२:४४
x
×