कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सरकार जनतामा छाएको निराशा चिर्ने र आशा जगाउनेमा केन्द्रीत छ : उपप्रधानमन्त्री पौडेल

श्रावण २०, २०८१
सरकार जनतामा छाएको निराशा चिर्ने र आशा जगाउनेमा केन्द्रीत छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ — उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रुपान्तरण गर्ने अभियान थालेको बताएका छन् । 

आइतबार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औं स्थापना दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने कुरामा सरकारको विशेष ध्यान रहेको बताए ।

उनले सात दशक लामो संघर्ष गरेर व्यवस्था बदलेको तर जनताको अवस्था परिवर्तन गर्न नसकेको भन्दै अब जनताका अधिकारलाई उपयोग गर्ने परिस्थिति बनाउनेतर्फ सरकार केन्द्रीत रहेको बताए । मुलुक आर्थिक रुपमा सक्षम नभएसम्म संविधानमा लेखेका अधिकारहरु जनताले उपभोग गर्न नपाउने भन्दै उनले अब सामाजिक र आर्थिक रुपान्तरमा लाग्नुपर्नेबारे सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘अहिले सरकारले जनतामा छाएको निरासा चिर्ने र आशा जगाउने दुई वटा कुरामा विशेष ध्यान दिएको छ । सरकारको यो नै महत्वपूर्ण कार्यभार र ठम्याई हो भन्ने छ । हामीले सात दशक लामो संघर्ष गरेर व्यवस्था बदल्यौं । संविधान बनायौं । संविधानमा सम्पूर्ण जनताका अधिकारलाई समावेश गराइएको छ । दुनियाँका कुनैपनि लोकतान्त्रिक मुलुकहरुको संविधानसँग तुलना गर्दा हाम्रो संविधान अगाडि नै छ । संविधानमा उल्लेख नागरिकका अधिकार जनताले उपयोग गर्ने परिस्थिति बन्न बाँकी छ । त्यसकारण यो सरकार अब सामाजिक र आर्थिक रुपान्तरमा लाग्नुपर्छ भन्ने मिसनमा केन्द्रीत छ ।'

प्रकाशित : श्रावण २०, २०८१ १८:५०
x
×