काठमाडौँ — नेकपा (एमाले)का मनोनित पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्यले शपथ लिएका छन् । पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।
एमाले सचिवालयको साउन १७ को बैठकले गुरु बराललाई उपाध्यक्ष, लिलानाथ श्रेष्ठ र मुकुन्द न्यौपानेलाई स्याथी कमिटी सदस्य मनोनित गरेको थियो । त्यस्तै, १७ नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो ।
केन्द्रीय सदस्यमा मनोनित हुने नेताहरूमा सुवास कर्माचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कमल तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबेगु थिए ।
शपथग्रहण कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेललगायतका नेताहरूको पनि उपस्थिति थियो ।
प्रकाशित : श्रावण २०, २०८१ १४:२७