काठमाडौँ — परराष्ट्र सचिव सेवा लम्साल आइतबार ओमान जाँदैछिन् । यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन सचिव लम्साल नेतृत्वको टोली त्यसतर्फ जान लागेको हो ।
सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेको मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी गर्ने कार्यसूची छ ।