कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

राजनीतिक अस्थिरता ल्याउने छुट सरकारलाई छैन : कांग्रेस प्रमुख सचेतक घिमिरे 

श्रावण १९, २०८१
राजनीतिक अस्थिरता ल्याउने छुट सरकारलाई छैन : कांग्रेस प्रमुख सचेतक घिमिरे 

महोत्तरी — वर्तमान सरकारलाई राजनीतिक अस्थिरता ल्याउने छुट नभएको कांग्रेस नेता श्याम घिमिरेले बताएका छन् । नेपाल प्रेस युनियन महोत्तरीले राखेको पत्रकार सम्मेलनमा कांग्रेसका प्रमुख सचेतक रहेका घिमिरेले यस्तो बताएका हुन् ।

ठूला दल नमिल्दासम्म राजनीतिक स्थिरता भएन भनेर मिलेका दुई ठूला दलको सत्ता समीकरण अब बदलिने स्थिति नरहेको घिमिरेले बताए ।

अहिलेको सरकार बनेसँगै बलियो सरकार भनेर जनतामा आशासँगै विश्वस पैदा भएको उनले दाबी गरे । राजनीतिक स्थिरता, आर्थिक समृद्धि, पराराष्ट्र नीति र कूटनीति, संविधान संशोधन लगायतका महत्त्वपूर्ण कामका लागि यो सरकार बनेको घिमिरेले बताए ।

संविधान संशोधन जरुरी रहेकाले सरकारमा रहेका दलको सहमतिमा आयोग बनाएर संविधानका कुन-कुन बुँदामा संशोधन आवश्यक छ भन्ने गृहकार्य पछि संशोधन गरिने नेता घिमिरेले बताए ।

लोकतन्त्रको आधार संचारजगत भएकाले संचार ऎन र आर्थिक समृद्धिका लागि मौद्रिक नीति छिट्टै सरकारले ल्याउने उनले बताए । सरकार बनेको केही समयमै नेप्से परिसूचक ह्वात्तै बढेको भन्दै घिमिरेले अहिलेको सरकार दरिलो बनेको भन्दै सबै क्षेत्रमा भरोसा पलाएको उनले दाबी गरे ।

प्रकाशित : श्रावण १९, २०८१ २०:५०
x
×