कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

दाउन्नेका ५ ठाउँमा एकतर्फी यातायात

पहिरोले गैंडाकोटमा कालीगण्डकी करिडोर अवरुद्ध
नवीन पौडेल

परासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको दाउन्नेमा हिलो र लेदोको कारण सवारी एकतर्फी  सञ्चालन भएको छ ।

दाउन्नेका ५ ठाउँमा एकतर्फी यातायात

लगातारको वर्षाका कारण दाउन्ने डाँडाबाट खसेको हिलो र लेदोले सवारी चलाउन असहज भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेदबहादुर पौडेलले बताए ।

बुटवल-नारायणगढ सडक विस्तारका क्रममा कल्भर्ट निर्माणका लागि खनिएको डाइभर्सनका कारण पनि दाउन्नेमा लामो जाम भएको छ ।

सवारी दुईतर्फी चलाउले प्रयास भए पनि वर्षा नरोकिदा अवरोध हटाउन नसकिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दाउन्नेको घिउ खोलामा लामो जाम लागेको छ । दाउन्ने खण्डको १५किलोमिटर दूरी पार गर्न ४ घण्टाभन्दा बढी समय लाग्दा यात्रुले हैरानी बेहोर्नु परेको छ ।

यसैगरी गैँडाकोट नगरपालिका-३ हिउँदेखोलास्थित कालीगण्डकी करिडोरमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरोध भएको छ ।

प्रकाशित : असार २७, २०८१ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×