कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

परराष्ट्र सचिव लम्साल भारत प्रस्थान

काठमाडौँ — परराष्ट्र सचिव सेवा लम्साल दोस्रो बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन बुधबार भारत प्रस्थान गरेकी छन् । 

परराष्ट्र सचिव लम्साल भारत प्रस्थान

नेपालमा सत्ता गठबन्धनमा परिवर्तन हुन थालेपछि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जानु पर्ने कार्यक्रममा परराष्ट्र सचिव लम्साललाई पठाइएको हो । परराष्ट्र मन्त्रालयको अनुसार उक्त मन्त्रीस्तरीय रिट्रिट कार्यक्रम नयाँ दिल्लीमा बिहीबार र शुक्रबार हुँदैछ ।

रिट्रिटमा बिमस्टेकको अवधारणालाई बलियो बनाउन तथा आपसी चासोसहित क्षेत्रीय सहकार्यलाई मजबुत बनाउने विषयमा छलफल हुने बताइएको छ । रिट्रिटमा सहभागी सबै मुलुकबाट गएका टोली नेताहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सामूहिक भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।

सचिव लम्साल शनिबार नेपाल फर्कने छिन् ।

प्रकाशित : असार २६, २०८१ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×