कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

करोडौंको मेसिन थन्काएर नयाँ खरिद गर्न खोजेको भन्दै रेडक्रसविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ — नेपाल रेडक्रस सोसाइटीले करोडौं मूल्य पर्ने रगत जाँच गर्ने किलिया मेसिन थन्काएर अर्को नयाँ खरिद गर्न खोजेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । वेभ ट्रेडिङ कन्सर्नले रेडक्रसले दुई करोड रुपैयाँ पर्ने मेसिन थन्क्याएर अर्को नयाँ ल्याउन लागेको भन्दै उजुरी दिएको हो।

करोडौंको मेसिन थन्काएर नयाँ खरिद गर्न खोजेको भन्दै रेडक्रसविरुद्ध अख्तियारमा उजुरी

रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)ले नेपाल रेडक्रसलाई उपलब्ध गराएको दुई वटा किलिया मेसिन थन्काएर रेडक्रसले व्यापारीसँगको सेटिङमा नयाँ मेसिन ल्याउन लागेको उजुरीमा उल्लेख छ ।

आईएफआरसीले रेडक्रसलाई दुई करोड २० लाख रुपैयाँ पर्ने दुई वटा किलिया मेसिन उपलब्ध गराएको थियो।


प्रकाशित : असार २६, २०८१ २३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×