कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

इरान पुगेर उपप्रधानमन्त्री श्रेष्ठले गरे क्षेत्रीय सहयोग र बुहपक्षीयताप्रति नेपालको प्रतिबद्धता

काठमाडौँ — उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्षेत्रीय सहयोग र बहुपक्षीयताप्रति नेपालको बलियो प्रतिबद्धता रहेको दोहोराएका छन् । एसिया कोअपरेसन डाइलग (एसीडी) भिजन–२०३० लाई कार्यान्वयन गर्नु पर्ने आवश्यकता जोड दिएका छन् ।

इरान पुगेर उपप्रधानमन्त्री श्रेष्ठले गरे क्षेत्रीय सहयोग र बुहपक्षीयताप्रति नेपालको प्रतिबद्धता

इरानको राजधानी तेहरानमा भइरहेको एडीसीको १५औं मन्त्रीस्तरीय बैठकमा सम्बोधन गर्दै श्रेष्ठले विकास, दिगोपन र समृद्धि हासिल गर्न एसीडीको ब्लुप्रिन्ट २०२१–२०२३ सहित दिगो विकासका लक्ष्यहरु–सन् २०३० लाई जोड दिए । उनले कोभिड–१९, जलवायु परिवर्तन, विश्वव्यापी आर्थिक मन्दी, बढ्दो द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वीका कारण उत्पन्न चुनौतीबारे बोले ।

उनले एकीकृत, बलियो र समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण, एकता, ऐक्यबद्धता र सामूहिक सहकार्यमा जोड दिए । श्रेष्ठले आइतबार इरानका कार्यवाहक विदेशमन्त्री अली बगेरीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त अवशरमा नेपाल र इरानबीचको सौहार्दपूर्ण सम्बन्ध र एसीडीमा क्षेत्रीय सहयोगलगायत आपसी हितका अन्य सान्दर्भिक विषयमा विचार आदान–प्रदान भएको थियो ।

प्रकाशित : असार १०, २०८१ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×