कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

संघीय संसद्का कर्मचारीका माग सम्बोधन गर्न कानुनमन्त्रीसहित तीन जनालाई जिम्मा

काठमाडौँ — सेवासुविधा थप लगायतका माग राख्दै आन्दोलनरत कर्मचारीका माग सम्बोधनको विधि तय गर्न कानुनमन्त्री पदम गिरी, संसद्का महासचिव पद्म प्रसाद पाण्डेय र अर्थसचिव मधु मरासिनीलाई जिम्मा दिइएको छ । प्रधानमन्त्री निवासमा बसेको सभामुखसहिको बैठकले ३ जनालाई जिम्मा दिएको हो ।

संघीय संसद्का कर्मचारीका माग सम्बोधन गर्न कानुनमन्त्रीसहित तीन जनालाई जिम्मा

कर्मचारीको आन्दोलनका कारण संसद्को नियमित काममा समेत प्रभाव पर्न थालेपछि समाधानका उपाय खोज्न लागिएको हो । बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय सहभागी थिए ।

प्रकाशित : असार ९, २०८१ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×