कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

रास्वपाको चियापान शीर्ष नेता सबै उपस्थित

काठमाडौँ — मुलुककै चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थापना दिवस चियापान कार्यक्रम गरेर मनाएको छ । राजनीतिका साथै विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा केन्द्रीय कार्यालय बालाजुमा शुक्रबार चियापान कार्यक्रम गरिएको हो ।

रास्वपाको चियापान शीर्ष नेता सबै उपस्थित

कार्यक्रममा प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउतलगायत शीर्ष नेता, मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि, रास्वपा समर्थक र शुभचिन्तकको बाक्लो उपस्थिति थियो । २०७९ असार ७ मा गठन भएको रास्वपा स्थापनाको छोटो समयमै मुलुकको चौथो ठूलो दलका रूपमा स्थापित भइसकेको छ ।


रास्वपाले ०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी २१ सांसद निर्वाचित गर्न सफल भएको छ । रास्वपा अहिले सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सामेल छ । लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । साथै, रास्वपाबाट शिक्षामन्त्रीमा सुमना श्रेष्ठ, श्रममन्त्रीमा डीपी अर्याल र युवा तथा खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ रहेका छन् ।


चियापान समारोहमा सञ्चारकर्मीसँग बोल्दै सभापति लामिछानेले जनताको अपेक्षा पूरा गर्न आफूहरूले इमानदारीपूर्वक कोसिस गरिरहेको बताए । ‘जनताका अपेक्षा असाध्यै धेरै छन्, तिनलाई पूरा गर्न मिहिनेत र लगनका साथ काम गरिरहेका छौं,’ उनले भने, ‘वर्षौंदेखिको बेथिति चिर्न केही समय भने अवश्य लाग्छ ।’ सरकारमा गएको एक सय दिन पूरा भएको र यसबीचमा मन्त्रालय चलाउने बलियो आधार बनेको पनि लामिछानेले उल्लेख गरे ।

प्रकाशित : असार ८, २०८१ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×