कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सैनिक अदालतबाट महासेनानी मल्ल बर्खास्त

काठमाडौँ — नेपाली सेनाको समरी सैनिक जनरल अदालतले नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ललाई बर्खास्त गरेको छ ।

सैनिक अदालतबाट महासेनानी मल्ल बर्खास्त

मल्लको कागजपत्रमा कैफियत देखिएपछि सैनिक अदालतले मंगलबार भविष्यको लागि अयोग्न नठहरिने गरी सेवाबाट अगल गरिने फैसला गरेको सैनिक प्रवक्ता गौरब केसीले जानकारी दिए ।

केसीका अनुसार महासेनानी मल्ल कार्यरत रहेको न्युर्योकस्थित संयुक्त राष्ट्र संघको लागि सैनिक सहचारीको रुपमा नयाँ सैनिक अधिकारीलाई पठाउने कार्य अघि बढिसकेको छ । हिरासतमा राखेर अनुसन्धान गरेपछि सेनाले उनीविरुद्ध सैनिक अदालतमा मुद्दा जनाएको सैनिक अधिकारीले जानकारी दिए ।

सैनिक अदालतले मल्लको कागजपत्रमा कैफियत देखिएको उल्लेख गरेको छ । मल्लको उमेरलाई लिएर सैनिक मुख्यालय जंगी अड्डामा उजुरी परेपछि काठमाडौं बोलाइएको थियो । र, त्यसपछि सेनाले कोर्ट अफ इन्क्वायरी गठन गरेर अनुसन्धान गर्ने गरेको थियो ।

प्रकाशित : असार ५, २०८१ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×