कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

लोकतन्त्र माँस्न चाहनेहरु कांग्रेसमाथि आक्रमण गरिरहेका छन् : कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्र माँस्न चाहनेहरुले कांग्रेसमाथि आक्रमण गरिरहेको बताएका छन् । 

लोकतन्त्र माँस्न चाहनेहरु कांग्रेसमाथि आक्रमण गरिरहेका छन् : कोइराला

उनले कांग्रेसलाई कमजोर पारेर मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्तिहरु सक्रिय भएको पाएको टिप्पणी गरे ।

शुक्रबार नेपाली कांग्रेस धनुषाले जनकपुरमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेकाले एकताबद्ध भएर अघि बढ्न पार्टीपंक्तिलाई आग्रह गरे ।

'कांग्रेस जटिल मोडमा पुगेको छ । राष्ट्रियता र लोकतन्त्र बचाउन कांग्रेस मात्रै सक्षम छ भनेर सबैले बुझेका छन्,' उनले भने, 'लोकतन्त्र बचाउनका लागि भएपनि अब फेरि एकपटक बलियो कांग्रेस निर्माण गर्नुपर्ने बेला भएको छ ।'

नेता कोइरालाले यतिबेला कांग्रेसको घर कमजोर भएको भन्दै घर छाडेका दाजुभाइहरुलाई घर फर्किएर सेवा गर्न आग्रह गरे । 'हिजो पार्टी सञ्चालन गर्दा नेताहरूबाट पनि गल्ती भएको हुन सक्छ, सबैले आ-आफ्नो कमीकमजोरी स्वीकार्दै पार्टी बलियो बनाउन लागौँ,' उनले भने ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×