कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

२०८३ चैत सम्ममा काठमाडौं–तराई/मधेस द्रुतमार्गबाट सवारी गुड्छन् : मन्त्री उप्रेती

काठमाडौँ — रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं-तराई/मधेस द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने बताएका छन् ।शुक्रबार मन्त्रालयको एक सय दिन पुगेको अवसरमा सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

२०८३ चैत सम्ममा काठमाडौं–तराई/मधेस द्रुतमार्गबाट सवारी गुड्छन् : मन्त्री उप्रेती

उनले सही कुरालाई सही भन्न र गलत कुरालाई गलत कुरा भन्नका लागि समेत आग्रह गरे ।

उनले भने, ‘बजारमा विभिन्न हल्ला चलेका छन् । आफ्नो व्यक्तिगत कुण्ठाहरु, व्यक्तिगत इच्छा, आकंक्षाहरु नपुगेका कारण विभिन्न किसिमका हल्लाहरु फिँजाइएका छन् । त्यसमा भन्दा पनि यहाँहरु यथार्थपरक ढंगले वास्तवितकता, गलत भएको छ भने यथार्थ ढंगले गलत भएकै हो भन्ने किसिमले उपस्थिति हुनुपर्छ । सही गरेको छ र आधुनिक नेपाल निर्माणको क्रममा महत्वपूर्ण भुमिका खेलेको छ, भने त्यही किसिमले प्रश्तुत हुनुपर्छ । जसले गर्दा गर्नेलाई पनि प्रोत्सहन हुन्छ, राज्यलाई महत्वपूर्ण ढंगले सघाएको हुनेछ ।'

उनले कतिपय कानूनहरु नभएका र त्यहीकारण पनि पूर्वाधार विकासका कामहरुमा अवरोध हुने गरेको बताए । 'स्थानीय तहमा नदीजन्य पदार्थका ऐनहरु, क्रसरका समस्याहरुको समाधान दिन सकिएको छैन । हाम्रो देश विभिन्न किसिमका विपद्हरु आइलागेका कारण पनि समस्या छ,' उनले भने, 'हामी केही ढिला भएको होला तर विशेष व्यवस्थापन भएको छ । अब द्रुत गतिमा अघि बढेको छ । यही गतिमा अघि बढेको खण्डमा हामीले तोकेको २०८३ चैत्रसम्ममा त्यहाँको बाटोबाट मोटर गुड्नेछ ।'

मन्त्रालयले सय दिनमा चीन सरकारबाट सहयोग स्वरूप प्राप्त भई दर्ता हुन नसकी विगत लामो समय देखि प्रयोगविहीन अवस्थामा रहेका ९ ५वटा सवारी साधनको दर्ता गराएको, काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको मुआब्जा वितरणका लागि लाग्ने पुँजीगत लाभकर छुट दिने व्यवस्था मिलाएको बताएको छ ।

नेपाली सेनाद्वारा निर्माणाधीन विभिन्न करिडोर सडकमा कार्यरत सुरक्षाकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने, रक्षा मन्त्रालयको कार्यसम्पादनमा चुस्तता ल्याउन कार्यसम्पादन कार्यविधि, २०८० कार्यान्वयनमा ल्याइएको जनाएको छ ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×