कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ — उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गनैपर्ने बेला भएको बताएका छन् ।

शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

डिआर पौडेलेको पाँचौं स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधनको क्रममा उनले शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार पूरा गरिसकेको भन्दै उनले संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी रहेको बताए ।

‘शान्ति प्रक्रियाको बााकी काम अब पूरा गर्नैपर्छ । शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार हामीले गरिसकेका छाौ । राजनीतिक कार्यभार, परिवर्तनलाई संस्थागत गर्ने कार्यभार र माओवादी जनमुक्ति सेनाको समायोजन प्रक्रिया पुनःस्थापना गर्ने कार्यभार पूरा गरेका छौं,' उनले भने, 'तर अहिले संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ । हामीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरु पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी छ ।’

उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरु पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको बताए । उनले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्ने आजको आवश्यकता रहेकोमा पनि जोड दिए ।

'राष्ट्रिय सहमति कायम गरेर हामीले शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्ने हुन्छ,' उनले भने, 'आर्थिक विकास र समृद्धिको कार्यभार छ । त्यो हामीले पूरा गर्नुपर्ने हुन्छ । यो राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर आर्थिक र सामाजिक क्षेत्रमा यसलाई विस्तारित गर्नुपर्छ । र सामाजिक आर्थिक रुपान्त्रण गर्नुपर्छ । विकास र समृद्धिको प्रक्रियालाई तीव्र पार्नुपर्छ ।'

उपप्रधानमन्त्री श्रेष्ठले आज एशियाकेन्द्रित भएर बदलिएको विश्व परिस्थिति र नेपालको भूराजनीतिक अवस्थितिको कारणले देखापरेको भूराजनीतिक संवेदनशीलताका चुनौतीहरुको बीचमा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमानताको रक्षा गर्नु सहज नरहेको बताए । चुनौती र अवसरलाई सम्हालेर अघि बढ्नु नै अहिलेको राष्ट्रिय कार्यभार रहेको बताए । उनले नेपालमा अहिले सांस्कृतिक र वैचारिक भ्रष्टीकरण व्याप्त रहेको बताए ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×