कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

समयमा नै किसानलाई मल उपलब्ध गराउन रास्वपा प्रमुख सचेतकको माग

काठमाडौँ — किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारसँग माग गरेका छन् ।

समयमा नै किसानलाई मल उपलब्ध गराउन रास्वपा प्रमुख सचेतकको माग

प्रतिनिधिसभाको बिहीबारको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकार मलको अभाव छैन भन्ने तर किसानले १० किलो भन्दा बढी मल नपाउने अवस्था रहेको बताए ।

भक्तपुरका कृषि उब्जनी हुने मध्यपुर थिमी र बोडे लगायतका किसानहरूले १० किलो भन्दा बढी मल नपाएको परियारको भनाइ थियो । उनले मल अभाव छैन भने पनि बजारमा मल नपाएको भन्दै सरकारले तत्काल किसानलाई मल उपलब्ध गराउनुपर्ने माग गरिन् ।

‘सरकार मलको अभाव छैन भन्छ । तर भक्तपुरका किसानहरू १० किलो भन्दा मल पाउँदैनन् । भक्तपुरको नयाँ थिमी, बोडे कृषि उब्जनी हुने क्षेत्र छ । तर सरकार मल अभाव छैन भन्छ अर्कोतिर मल पाइँदैन,' उनले भने, 'कालोबजारी गरेर मल दिने जति पनि भेटिन्छन् । यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । कृषि उत्पादन बढाउनको लागि मलको व्यवस्था गरोस् ।’

प्रकाशित : जेष्ठ ३१, २०८१ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×