कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुनुपर्छ : सचेतक बराल

काठमाडौँ — सत्तारुढ नेकपा (एमाले)की सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गरेकी छन् । विभिन्न बहानामा बिरामीलाई लाइनमा लगाउने कार्य भइरहेको भन्दै सचेतक बरालले त्यसको अन्त्य गर्ने योजना सरकारले ल्याउनुपर्ने बताइन् ।

सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुनुपर्छ : सचेतक बराल

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सचेतक बरालले सरकारी अस्पतालका ओपीडी काउन्टर बढाएर घण्टौं लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताइन् । बिरामी दर्ता गर्दा, रिपोर्ट बुझ्दा, डाक्टरलाई रिपोर्ट बुझाउँदा बारम्बार लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न उनले आग्रह गरिन् ।

‘आज हाम्रा सर्वसाधारण नागरिकहरू सरकारी अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने अवस्था छ । ९ बजे ओपीडी खुल्छ भने ५ बजेदेखि लाइन बस्ने ती नागरिकहरूका लागि सोच्नुपर्ने अवस्था छ । दुई-चारवटा काउन्टर थपेर स्वास्थ्य सेवा सहज बनाउनका लागि अनुरोध गर्दछु । बिरामी दर्ता गर्दा एक पटक लाइन बस्ने, रिपोर्ट लिँदा अर्को पटक लाइन बस्ने, डाक्टरलाई फेरि रिपोर्ट देखाउँदा अर्को पटक लाइन बस्ने, पटक-पटक लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ,' सचेतक बरालको भनाइ थियो, 'स्वास्थ्य बीमा गरिएका नागरिकहरूले, बिरामीहरूले त्यो बीमा गर्नेकुरा अर्को दर्जाको नागरिकमा दर्ता हुनु जस्तो गरेर व्यवहार गरिन्छ, यो व्यवहारलाई अन्त्य गर्ने र हाम्रा सरकारी अस्पतालहरूका लाइन छोट्याउने, यो संवेदनशील क्षेत्र र विषयलाई सुझबुझपूर्ण ढंगले सहज र सरलीकरण गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’

संवेदनशील क्षेत्र र विषयलाई सुझबुझपूर्ण ढंगले सहज र सरलीकरण गर्न सरकारले योजना ल्याउनुपर्ने सचेतक बरालको भनाइ थियो ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×