कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

नेपाल-भारत सम्बन्धलाई थप सुमधुर बनाउन आवश्यक : नेता महर

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल-भारतबीचको सम्बन्धलाई थप सुमधुर र युग सुहाउँदो बनाउनुपर्ने बताएका छन्।

नेपाल-भारत सम्बन्धलाई थप सुमधुर बनाउन आवश्यक : नेता महर

नेपाली जनसम्पर्क समिति भारतले ४८औं स्थापना दिवसको अवसरमा बिहीबार गरेको कार्यक्रमका प्रमुख अतिथि नेता महरले 'देश दुई संस्कृति एक' रहेकाले युग सुहाउँदो सम्बन्ध आवश्यक रहेको औंल्याएका हुन्।

'नेपाल-भारत देश दुई भएपनि हामीबीच सांस्कृतिक एकता छ। परापूर्वकालदेखि रोटीबेटीको सम्बन्ध छ। अब यो सम्बन्धलाई थप व्यवस्थित र समय सान्दर्भिक बनाउनुपर्छ। नयाँ पुस्ताको चाहना अनुसार अगाडि बढाउनुपर्छ,' उनले भने।

कहिले कुनै कुरामा मनमुटाब देखिए पनि नेपाल-भारतबीच त्यो द्वन्द्व नभएर इसीजीको रेखा जस्तो भएको महरको टिप्पणी छ। इसीजीको रेखा तलमाथि नभएमा मानिसको स्वास्थ्य नै जोखिममा पर्ने भएकाले जीवन्तताका लागि कहिलेकाहीँ सम्बन्धको रेखा पनि चलायमान हुनुपर्ने उनले बताए।

'हामीबीचमा सम्बन्धको रेखा चलायमान हुनु आवश्यक छ। तर, त्यो सकारात्मक दिशामा मात्र चलायमान हुनुपर्छ। जुन नेपाल-भारतबीच वर्षौंदेखि सकारात्मक दिशामा चलायमान हुँदै आएको छ,' उनले भने। पहिले नेपालका युवाहरू उच्च शिक्षाका लागि भारत आउने भए पनि अब उनीहरूको ज्ञान सिपको समेत भारतले सदुपयोग गर्न सक्नुपर्ने महरले बताए। युवाहरूलाई आर्थिक गतिविधिसँग जोड्न सके दुई देशबीचको सम्बन्ध थप बलियो हुने उनको भनाइ छ।

बिपी कोइरालाले ४७ वर्ष अगाडि विदेशमा रहेका नेपालीको सिप, विचार र क्षमतालाई राष्ट्र निर्माणमा लगाउनुपर्छ र उनीहरूको सहयोग लिएमा लोकतन्त्रको जग थप बलियो बनाउन सकिन्छ भन्ने सोचका साथ सम्पर्क समितिको स्थापना गरेको स्मरण गर्दै उनले अहिले विश्वका विभिन्न ३७ देशमा सम्पर्क समिति विस्तार भइसकेको बताए ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×