कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन : अध्यक्ष नेपाल

काठमाडौँ — सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारलाई लैजानेबारे आफूलाई जानकारी नभएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरिरहेका बेला उद्दले यस्तो प्रतिक्रिया दिएका हुन्। 

मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन : अध्यक्ष नेपाल

बिहीबार अपराह्न संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले मन्त्रिपरिषद् पुनर्गठनबारे राखेको प्रश्नको जवाफमा अध्यक्ष नेपालले सोबारे आफूलाई कुनै जानकारी नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालसँग भेटेर सोध्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘मलाई थाहा छैन । आज भेट हुँदाखेरी सोधौंला । सांसदहरुको संसद्‌प्रति रुची कम भएको होला ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×