कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

तत्कालीन सेन्चुरी बैंकका अध्यक्षसहित आठ जना पक्राउ

काठमाडौँ — कर्जा दुरुपयोगको आरोपमा तत्कालीन सेन्चुरी बैंक (हाल प्रभु बैंकमा मर्ज भएको) का अध्यक्ष राजेशकुमार श्रेष्ठसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

तत्कालीन सेन्चुरी बैंकका अध्यक्षसहित आठ जना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार काठमाडौंसहित विभिन्न जिल्लाबाट अध्यक्ष श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु सुनिलकुमार न्यौपाने, गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो ।

यसअघि सोही कसुरमा तत्कालीन सेन्चुरी र हाल प्रभु बैंकमा कार्यरत रहेका १० जना पक्राउ परेका थिए । उनीहरुलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ । सोही कसुरमा सोमबार थप आठ जना समातिएका हुन् ।

प्रकाशित : जेष्ठ २८, २०८१ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×