२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

निजगढ विमानस्थल बनाउन अझै अलमल 

काठमाडौँ — वैकल्पिक विमानस्थल बनाउन २०५४ मै सम्भाव्यता अध्ययन गरिएको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार अझै अलमलमा परेको छ । 

निजगढ विमानस्थल बनाउन अझै अलमल 

२०६५ सालमा कोरियाली कम्पनी ल्याण्डमार्क वर्ल्ड वाइडले विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेको यो परियोजनामा न्यून वातावरणीय क्षतिमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउन सरकारलाई सर्वोच्च अदालतले २०७९ असारमा परमादेश दिएको २ वर्ष बितिसक्दा पनि सरकारले आगामी वर्ष निजगढ अघि बढाउने ठोस कार्यक्रम ल्याएन । ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारी सम्पन्न गरिने छ,’ अर्थमन्त्री पुनले भने ।

अर्थ मन्त्रालयले नागरिक उड्डयन प्रधिकरणलाई शेयर लगानीबापत आगामी आर्थिक वर्षकालागि ३ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ । यो रकमले प्राधिकरणले विमानस्थल पूर्वाधारमा खर्च गर्नुपर्छ ।

प्रकाशित : जेष्ठ १५, २०८१ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?