२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको बैठक 

काठमाडौँ — प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरू भएको छ । संसद्‌को गत्यावरोध अन्त्य गर्नेलगायत विषयमा नेताहरु छलफलमा जुटेका हुन् ।

बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको बैठक 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रतिनिधिसभामा प्रमुख सचेतक रहेका रमेश लेखक लगायत नेता छन् ।

माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा मुख्य सचेतक हितराज पाण्डे सहभागी छन् ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उनीमाथि अनुसन्धानको लागि संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद्‌मा अवरोध गर्दै आएको छ ।

प्रकाशित : जेष्ठ ११, २०८१ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?