कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

सगरमाथा आरोहणका क्रममा दुई मंगोलियन नागरिक सम्पर्कविहीन

रासस

काठमाडौँ — सगरमाथा आरोहणका क्रममा दुई मंगोलियन नागरिक सम्पर्कविहीन भएका छन् । पर्यटन विभागको पर्वतारोहणका अनुसार वसन्त ऋृतुको जारी आरोहणमा सगरमाथाको चुचुरोतर्फ लागेका मंगोलियन नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्पर्कविहीन भएको विभागको आधार शिविरमा रहेको फिल्ड कार्यालयलाई जनाएको छ । 

मौसम अनुकूलताकैबीच वैशाख ३१ गते बिहान ८:४५ बजे दुवै आरोही सगरमाथाको चौँथो शिविरबाट चुचुरोतर्फ लागेको जनाइएको छ । आरोहण व्यवस्थापन गर्ने एजेन्सीसँगको सहकार्यमा सम्पर्कविहीन दुवै आरोहीको हराएका सम्भावित माथिल्ला शिविर मा खोजी जारी रहेको पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति (खुम्बु क्षेत्रका सदस्य सचिव एवं पर्यटन विभागको फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमबाट जानकारी प्राप्त भएको विभागले उल्लेख गरेको छ ।

प्रकाशित : जेष्ठ १, २०८१ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

यातायात व्यवस्था कार्यालयहरूले ट्रायल फेल भएका १९ सयलाई किर्ते गरी लाइसेन्स वितरण गरेको सार्वजनिक भएको छ। यस्तो विकृत्ति रोक्न मुख्य रुपमा के गर्नुपर्छ ?

×