कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मधेस सरकारबाट बाहिरिने तयारीमा एमाले-माओवादी

अजित तिवारी

जनकपुर — जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको मधेस प्रदेश सरकारबाट एमाले र माओवादी केन्द्र बाहिरिने तयारीमा रहेका छन् । सरोज यादव नेतृत्वको सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी केन्द्रले गरिरहेको बताइएको छ । 

मधेस सरकारबाट बाहिरिने तयारीमा एमाले-माओवादी

एमाले र माओवादी केन्द्रका नेताहरू सरकारबाट बाहिरिने र आगामी सरकार गठनबारे आइतबार बिहानैदेखि छलफलमा रहेका छन् । एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री शारदा थापा र माओवादी केन्द्रका युवराज भट्टराईले यादव नेतृत्वको सरकारबाट बाहिरिने विषयमा आन्तरिक छलफल जारी रहेको जानकारी दिए ।

सम्भवतः आइतबार नै दुवै दल यादव नेतृत्वको सरकारबाट बाहिरिने बताइएको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएपछि मधेस प्रदेश सरकारबाट एमाले र माओवादी बाहिरिन लागेका हुन् ।

प्रकाशित : वैशाख ३०, २०८१ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x