२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन प्रधानमन्त्री समक्ष पेस

रासस

काठमाडौँ — प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहालसमक्ष कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेस भएको छ ।

कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन प्रधानमन्त्री समक्ष पेस

संघीयता कार्यान्वयनमा देखिएका दोहोरोपना र अस्पष्टता हटाउन तथा तीन तहको अधिकारमा स्पष्टता ल्याउन विद्यमान कार्यविस्तृतीकरण परिमार्जनका लागि गठित कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले प्रधानमन्त्रीलाई सो प्रतिवेदन पेस गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित उक्त कार्यक्रममा मुख्यसचिव वैकुण्ठ अर्याल, कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक तथा सदस्यका साथै विषयगत समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिवेदन ग्रहणपश्चात् प्रधानमन्त्री दाहालले प्रतिवेदनमाथि यथाशीघ्र उच्चस्तरीय समितिमा थप छलफल गरी राष्ट्रिय समन्वय परिषद्‌बाट निष्कर्षमा पुर्‍याउन निर्देशन दिए ।

प्रकाशित : वैशाख ३, २०८१ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?