२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७१

डाँगीलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत २७ मा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भई उपचारका क्रममा निधन भएका कार्यकर्तालाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । 

डाँगीलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग

प्रदर्शनका क्रममा घाइते भएका डाँगीको सैनिक अस्पतालमा उपचाररत अवस्थामा सोमबार निधन भएको थियो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारसँग पार्टीको माग राखेका हुन् । 'ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राप्रपा सरकारसँग माग गर्दछ,' श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डाँगीको निधनमा ७७ वटै जिल्ला पार्टी कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने र १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा गर्ने राप्रपाले निर्णय गरेको छ ।

बर्दियाको मधुवन नगरपालिकाको राप्रपा कार्यसमितिका संस्थापक अध्यक्ष थिए ।

प्रदर्शनमा बल प्रयोग गरेको प्रति राप्रपाले आपत्ति जनाएको छ । प्रदर्शनमा सामान्य घाइते भएकाहरू उपचारपछि फर्किएको र गम्भीर घाइते ६ जना अझै उपचाररत रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित : वैशाख ३, २०८१ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?