२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७१

सबै दल मिलेर गणतन्त्रलाई संस्थागत गर्न आवश्यक : सहमहामन्त्री परियार

रासस

भरतपुर — नेपाली कांग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधिसभा सदस्य जीवन परियारले सबै राजनीतिक दलहरु मिलेर गणतन्त्रलाई संस्थागत गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । कांग्रेस चितवनले आइतबार भरतपुरमा आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले कांग्रेस सबै राजनीतिक दलको अभिभावक भएको दाबी गरे ।

सबै दल मिलेर गणतन्त्रलाई संस्थागत गर्न आवश्यक : सहमहामन्त्री परियार

'पार्टीप्रति आमनागरिकले देखाएको विश्वासलाई मर्न दिइने छैन । जनताको भावना अनुसारका समसामयिक मुद्दालाई पार्टीले सधैँ प्राथमिकतामा राखेर समाधान गर्दै आएको छ । यही कारण अहिलेसम्म कांग्रेसप्रति जनताका आस्था नटुटेको हो,' उनले भने ।

सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइरालालगायतले पार्टीलाई बलियो बनाउँदै लैजान आन्तरिक एकतामा जोड दिनुपर्ने बताएका थिए ।

प्रकाशित : वैशाख २, २०८१ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?