२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतद्वारा नेपाललाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस प्रदान

काठमाडौँ — भारतले नेपाललाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस आइतबार सहयोग प्रदान गरेको छ । 

भारतद्वारा नेपाललाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस प्रदान

भारतीय दूतावासका अनुसार एम्बुलेन्स र बस विभिन्न जिल्लाका स्वास्थ्य, शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुलाई प्रदान गरिएको हो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा एम्बुलेन्स तथा स्कुल बसका चाबी सम्बन्धित नेपाली व्यक्तिहरुलाई हस्तान्तरण गरे ।

समारोहमा मेयर तथा विभिन्न जिल्लाका नगरपालिका एवं गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।

हस्तान्तरण गरिएका १ सय १ सवारी साधनमध्ये दुईवटा एम्बुलेन्स दूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका दूतावासले जनाएको छ ।

भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।


प्रकाशित : वैशाख २, २०८१ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?