राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन २८ चैतमा

काठमाडौँ — राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका हुन् ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन २८ चैतमा

उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद खाली छ । उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयलाई निर्देशन दिए ।

राष्ट्रिय सभामा अध्यक्ष र उपाध्यक्ष एकै दल र एकै लिंगको हुन नपाउने व्यवस्था छ । अध्यक्ष निर्वाचित भएका दाहाल नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । दाहाल अध्यक्ष भएपछि माओवादी केन्द्रबाटै उपाध्यक्ष बनेकी अर्यालले राजीनामा दिएकी हुन् ।

वर्तमान सत्ता गठबन्धनमा राष्ट्रिय सभाको उपाध्यक्ष नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसकेको छ ।

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि चैत २८ गते दिउँसो १:१५ बजेका लागि अर्को बैठक बोलाइएको छ ।

प्रकाशित : चैत्र २१, २०८० १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?