२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७१

उपभोक्ताको हित संरक्षणसम्बन्धी प्रभावकारी नीति बनाइ कार्यान्वयन गर्नेछु : मन्त्री भण्डारी

रुपा गहतराज

नेपालगन्ज — उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता हित संरक्षणका लागि उपभोक्ता अदालत गठन लगायतका कानुन निर्माण गर्न लागिएको बताएका छन्  । 

उपभोक्ताको हित संरक्षणसम्बन्धी प्रभावकारी नीति बनाइ कार्यान्वयन गर्नेछु : मन्त्री भण्डारी

शुक्रबार बाँकेको नेपालगन्जमा उद्योग तथा वाणिज्य कार्यालयद्वारा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले उपभोक्ताको हित संरक्षणसम्बन्धी प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्ने बताए । 'उपभोक्ताबीच विगतमा भएका कार्यको समीक्षा गर्दै आगामी दिनको रणनीति तयारी गर्दै छौं,' मन्त्री भण्डारीले भने, 'उपभोक्ता हित संरक्षण नीति जारी गरी स्वच्छ बजार र उपभोक्ता हित संरक्षण कार्यलाई प्रभावकारी बनाइने छ ।’ मन्त्रालयले अनुचित मूल्यवृद्धि नियन्त्रण कार्यलाई पनि प्रभावकारी बनाउने उनले दाबी गरे ।

कार्यक्रममा सहभागी उपभोक्ताहरुले सीमानाकाबाट हुने चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न माग गरेका थिए । साथै बाँकेमा वस्तु खरिद बिल उपभोक्तालाई दिलाउन व्यापारीलाई बाध्य पार्ने गरी सरकारले काम गर्नु पर्नेमा जोड दिएका छन्।

सय रुपैयाँभन्दा माथिको वस्तु खरिद गर्दा भन्सार तिर्नु पर्ने राज्यको व्यवस्था हुँदाहुँदै पनि ठूला व्यापारीले त्यसको कार्यान्वयन गर्दैनन् भन्दै मन्त्रीसमक्ष धेरै उपभोक्ताले गुनासो व्यक्त गरेका थिए ।

यसैबीच शुक्रबार नेपालगन्जमा डल्फिन ग्रुपको १४ औं वार्षिकोत्सव उद्घाटन गर्दै मन्त्री भण्डारीले व्यावसायिक हित संरक्षणका लागि सरकार सधै प्रतिबद्ध रहेको जिकिर गरे ।

प्रकाशित : चैत्र २, २०८० १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?