कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

एकीकृत समाजवादी र लोसपालाई पनि गठबन्धनमा सामेल गराउँछौँ : एमाले महासचिव पोखरेल

काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि वर्तमान सत्ता गठबन्धनमा सामेल गराएर अघि बढ्ने प्रयास रहेको बताएका छन् । 

एकीकृत समाजवादी र लोसपालाई पनि गठबन्धनमा सामेल गराउँछौँ : एमाले महासचिव पोखरेल

सोमबार साँझ चार दलका शीर्ष नेताहरूबीच भएको सहमति सार्वजनिक गर्दै महासचिव पोखरेलले मन्त्रिपरिषद् गठन र साझा न्यूनतम कार्यक्रमलाई छिटोभन्दा छिटो टुंगो लगाएर अघि बढ्ने बताए ।

‘अहिले चार दलबीच एउटा आधार बनेको छ । अब हामी गठबन्धनमा अरु दलहरूलाई पनि सामेल गर्ने विषयमा छलफल गर्दैछौँ,’ उनले भने, ‘अहिले नेकपा एकीकृत समाजवादी र लोसपासँग संवाद अगाडि बढाएका छौँ । गठबन्धनमा कुन कुन दल हुने भन्ने निश्चित भएपछि यो गठबन्धन सरकार नागरिकलाई सुशासन र डेलिभेरी दिनेमा केन्द्रीत हुन्छ ।’

उनले नयाँ गठबन्धनले जनतामा आशा जगाउने विश्वास राख्न आग्रह गरे ।

प्रकाशित : फाल्गुन २१, २०८० २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?