१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा हुँदैन : नेता कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका नेता शशांक कोइरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताएका छन् । शनिबार नेपाल शिक्षक संघ, जिल्ला समिति ललतिपुरको कार्यक्रममा बोल्दै उनले राजनीतिमा एउटा सुनिने तर अर्कै हुने गरेको बताए ।

राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा हुँदैन : नेता कोइराला

कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति रहेको उनको भनाइ थियो ।

उनले राजनीतिको उतारचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्नसक्ने बताए ।

उनले भने, ‘राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ, हुन्छ अर्कै कुरा । कहिल्यै पनि आफ्ने नियन्त्रणमा हुँदैन । तर त्यसमै रमाउन सक्नेले मात्रै राजनीति गर्नुपर्छ ।’

प्रकाशित : फाल्गुन १९, २०८० १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?