२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपाल र टोंगाबीच कुटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ — नेपाल र टोंगा बीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा र टोंगाका स्थायी प्रतिनिधि तथा राजदूत भिलिएमी भाइन्गा टोनेबीच दुई मुलुकको कुटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौता शुक्रबार भएको हो ।

नेपाल र टोंगाबीच कुटनीतिक सम्बन्ध स्थापना

न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार उक्त अवशरमा पारम्परिक लाभको लागि दुई मुलुक बीच सहयोग बढाउने प्रतिबद्धता उल्लेख गर्दै कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।

योसगै नेपालको कुटनीति सम्बन्ध स्थापना भएको मुलुकको संख्या १८२ पुगेको छ ।

प्रकाशित : फाल्गुन १९, २०८० २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?