कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यो गठबन्धन कुर्सी तानातानका लागि बनेको होइन : उपप्रधानमन्त्री खड्का

काठमाडौँ — उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् ।  शुक्रबार काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले बाहिर गठबन्धन तलमाथि हुने हो कि भन्ने आशंका पैदा भएको भन्दै गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने दाबी गरेका हुन्। उनले जनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको जिकिर गरे । 

यो गठबन्धन कुर्सी तानातानका लागि बनेको होइन : उपप्रधानमन्त्री खड्का

'बाहिर एउटा हल्ला चलेको छ, भन्दाभन्दै गठबन्धन तलमाथि भएर उहाँ कहाँ पुग्नुहुने हो कि भन्ने चिसो परेको छ भने त्यो चिसोबाट मुक्त हुनुहोला । यो गठबन्धन ५ वर्ष चल्छ । यो जनतालाई धोका दिनका लागि, कुर्सी तानातानका लागि गठबन्धन बनेको होइन,' उपप्रधानमन्त्री खड्काले भने ।

गठबन्धनले कर्णालीको विकासमा पनि ध्यान दिने उनको भनाइ छ । उनले अगाडि भने, 'यो गठबन्धन मुलभुत उद्देश्यसहित सडकदेखि सुरु हुँदै, जनताको बीचमा मत माग्दा मुलुकलाई यसरी अघि बढाउँछौँ भनेर हालका वर्तमान प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र म स्वयं निर्वाचनको बेलामा गएर मत दिनुस्, गठबन्धनलाई बहुमत दिनुस्, नेतृत्व गर्न चाहन्छौं भनेको हो । कर्णालीलाई केन्द्रमा पुर्‍याउनेकुरा बिर्सिएका छैनौँ । खड्काले सरकारले आधुनिक स्तरको चलचित्र क्षेत्रलाई आवश्यक परेको स्टुडियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : फाल्गुन १८, २०८० १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?