कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कानूनी रिक्ततालाई परिपूर्ति गर्ने गरी काम गरिररहेको छु : मन्त्री राई

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा देखापरेका कानूनी रिक्ततालाई परिपूर्ति गर्ने गरी काम गरिररहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले शिक्षा क्षेत्रमा कानूनी हिसाबले देखा परेका रिक्ततालाई परिपूर्ति गर्ने ढंगले काम गरिरहेको बताए ।

कानूनी रिक्ततालाई परिपूर्ति गर्ने गरी काम गरिररहेको छु : मन्त्री राई

उनले शिक्षा क्षेत्रको सबैभन्दा मुख्य समस्या भनेकै उपयुक्त ऐन, कानूनहरुको अभाव भन्दै परिवर्तित व्यवस्था अनुरुपको ऐन, कानुनहरु बनाउनुपर्ने अवस्था रहेको बताए ।

‘अहिले शिक्षा क्षेत्रको सबैभन्दा मुख्य समस्या भनेकै उपयुक्त ऐन, कानूनहरुको अभाव हो । परिवर्तित व्यवस्था अनुरुपको ऐन, कानूनहरु बनाउनुपर्ने छ । विद्यालय शिक्षा सम्बन्धी ऐन अहिले छलफलमा छ । प्राविधिक शिक्षा सम्बन्धी ऐन संसदमा आउनेवाला छ अन्तिम चरणमा छ,' उनले भने, 'उच्च शिक्षा सम्बन्धी ऐनपनि नयाँ ढंगले ड्राफ्ट गरेर अगाडि लानुपर्ने आवश्यकता छ । ०७६ सालमा बनेको ड्राफ्ट सार्वजनिक रुपमा छलफलका लागि मैले सार्वजनिक गरेको थिएँ । धेरै विज्ञहरुको विचार हेर्दा खेरी त्यो ऐनलाई नयाँ ढंगले नयाँ आकार, नयाँ सारतत्व राखेर समयानुकुल बनाउनुपर्ने कुरा आएको छ ।'

उनले प्राविधिक शिक्षा सम्बन्धी ऐन संसदमा आउने अन्तिम चरणमा रहेको बताए । उनले उच्च शिक्षा सम्बन्धी ऐनपनि संसदमा छिट्टै ल्याउने गरी काम गरिरहेको बताए । 'कानूनहरु सकेसम्म छिटो संसदमा प्रस्तुत गर्ने प्रयत्न भइरहेको छ । शिक्षा क्षेत्रमा कानूनी हिसावले देखा परेको एकखालको रिक्तता नै भन्न सकिन्छ यसलाई, त्यो रिक्ततालाई परिपूर्ति गर्ने ढंगले म काम गरिरहेको छु,' उनको दाबी छ ।

प्रकाशित : फाल्गुन १८, २०८० १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?