१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सैनिक ऐन संशोधनको गृहकार्य हुँदैछ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ — उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक ऐन संशोधनको लागि गृहकार्य भइरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा उपप्रधानमन्त्री खड्काले सैनिक ऐन, २०६३ लाई संशोधन गर्नका लागि सरोकारवालाहरुसँग छलफल भइसकेको र त्यसलाई अन्तिम रुप लिन संसदको चालु अधिवेशनमै पेश गर्न लागिएको बताए । 

सैनिक ऐन संशोधनको गृहकार्य हुँदैछ : उपप्रधानमन्त्री खड्का

‘सैनिक ऐन २०६३ संशोधनको लागि गृहकार्य भइरहेको जानकारी गराउन चाहन्छु । सम्बन्धित सरोकारवालाहरुसँग छलफल भई संशोधनको मस्यौदालाई अन्तिम रुप दिन यथाशाक्य संसदको यसै अधिवेशनमा पेश गर्ने गरी अगाडि बढिएको व्यहोरा पनि म माननीय सदस्यहरुज्युहरुलाई जानकारी गराउन चाहन्छु,' उनको भनाइ थियो ।

उपप्रधानमन्त्री खड्काले सरकार, सेना र अदालतमाथि नकारात्मक टिका टिप्पणी हुने गरेको भन्दै त्यो स्वभाविक नभएको बताए । 'सेना, सरकार र अदालत सबै नागरिकका साझा सम्पत्ति हुन् । यी निकायप्रति मर्यादित र रचनात्मक टिप्पणी र सहयोग गर्नु नागरिकको पनि दायित्व हुन्छ,' उनले भने ।

प्रकाशित : फाल्गुन १८, २०८० १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?